आइतबार, २३ वैशाख २०८१

प्रभु र अजोड इन्स्योरेन्सबिच मर्जरको सम्झौता

समयपोष्ट २०७९ साउन १ गते १०:५४

Advertisement

प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्यो‍‍रेन्स कम्पनीबिच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ।

संझौता अनुसार प्रभु र अजोडबिच एक बराबर ०.७० रुपैयाँको स्वाप रेसियोमा सहमति भएको छ । मर्जरपछि कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै रहनेछ । मर्जर पछिको कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रभुका सञ्चित बज्राचार्य रहनेछन् भने अध्यक्षमा अजोडका आजाद श्रेष्ठ रहनेछन् ।

मर्जरपछिको सञ्चालक तर्फ प्रभुका चार जना र अजोडका तीन जना सञ्चालक रहने सहमति भएको छ । बाँकी दुई सञ्चालकलाई भने सल्लाहकारको रुपमा राख्ने सहमति गरिएको छ । हाल प्रभुको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ रहेको छ । अजोडको भने एक अर्ब रुपैयाँ रहेको छ । दुई कम्पनीहरु विचमा भएको सहमति अनुसारको स्वाप रेसियो पछि अजोडको ७० करोड रुपैयाँ प्रभु इन्स्योरेन्सको चुक्ता पूँजीमा जोडिनेछ । स्वाप रेसियोका आधारमा मर्जर पछिको कम्पनीको चुक्ता पूँजी एक अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । मर्जर पछि कम्पनीले बोनस शेयर र केहि हकप्रद शेयर निष्काशन गरेर बीमा समितिले तोकेको पूँजी जुटाउन सक्ने छन् ।

दोस्रो बजारको शेयर मूल्य अनुसार अजोड इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुलाई चरम घाटा हुने भएको छ । हाल प्रभुको शेयर मूल्य ४२८ रुपैयाँ र अजोडको ४४८ रुपैयाँ रहेको छ । स्वाप रेसियो अनुसार अजोडको शेयर पूँजी भने ३० प्रतिशतले घट्नेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री