शनिबार, १५ वैशाख २०८१

अपर हेवाखोलाको आईपीओ बाँडफाँट

समयपोष्ट २०७९ साउन १ गते ९:१०

Advertisement

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर बाँडफाँट भएको छ।

कम्पनीले असार २४ गतेदेखि २९ गते प्रतिकित्ता १०० अंकित दरका १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सोमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरि बाँकी १३ लाख ९५ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो।

सो शेयरमा कुल १४ लाख ५५ हजार ३८४ आवेदकले आवेदन दिएका थिए।

जसमध्ये २ हजार ८११ आवेदन रद्द भएको छ भने बाँकी १४ लाख ५२ हजार ५७३ आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये १ लाख ३९ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री