शुक्रबार, २८ वैशाख २०८१

हुरीबतासका कारण ४० परिवारका घरमा क्षति

समयपोष्ट २०८१ वैशाख १५ गते २०:०५

Advertisement

आज बाजुरामा आएको हुरीबतासका कारण ठूलो क्षति भएको छ ।

गौमुल गाउँपालिका–६ सालिकोटका बाढीपहिरो र भूकम्प प्रभावितले निर्माण गरेका घरको जस्तापाता आज दिउँसो साढ एक बजे आसपासमा आएको हुरीबतासले उडाउँदा ठूलो क्षति पुगेको वडा नम्बर ६ का सदस्य कलक चदाराले जानकारी दिनुभयो ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण गरिएका घरका जस्तापाता हुरीबतासले उडाएपछि बस्नयोग्न नभएको वडा सदस्य चदाराले बताउनुभयो । बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएपछि थप समस्या भएको वडा सदस्य चदाराले बताउनुभयो ।

घर निर्माण भएको एक महिना बित्न नपाउँदै हुरीबतासले घरको जस्तापाता उडाएर पाँच सय मिटर तल लिएपछि घरभित्र बस्नलाई समस्या भएको पीडित तिलक विकले जानकारी दिनुभयो । आधाघण्टा बढी समय चलेको हुरीबतासले सालीकोटका स्थानीयका घरका टिन नै उडाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री