गोठघरमा सुतिरहेकी महिलामाथि सामुहिक बलात्कार, दुई किशोर पक्राउ


आफ्नै गोठघरमा सुतिरहेकी महिलामाथि सामुहिक बलात्कार गर्ने दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १५ वर्षीय र १७ वर्षीय किशोर छन् ।

Advertisement

बाराको आदर्श कोतवाल गाउँपालिका-१ स्थित आफ्नै गोठघरमा सुतिरहेकी ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

२५ असारमा गोठघरमा एक्लै सुतिरहेकी महिलामाथि दुबैले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी निगरानी कक्षमा राखिएको बारा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री