सोमबार, २४ वैशाख २०८१

आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा रघुवंशी नियुक्त

समयपोष्ट २०७९ असार २८ गते १२:२४

Advertisement

आइएमई जनरल इन्स्यारेन्स (आइजिआई) को बोर्ड सदस्यमा इन्फो डेभलपर्सका सीईओ उमेश रघुवंशी नियुक्त भएका छन् ।

सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन् ।

उमेश रघुवंशी नेपालको आइटी क्षेत्रको एक परिचित नाम हो ।

२० वर्षअघि उनको नेतृत्वले सुरु गरेको इन्फोडेभलपर्स कम्पनीले ३५० बढीलाई रोजगारी दिइरहेको छ ।

Advertisement

२ अर्बको चुक्ता पुजी रहेको कम्पनीमा बैंकिङ, हाइड्रोपावर र ट्रेडिङ क्षेत्रका परिचित व्यक्ति तथा समुहको संलग्नता रहेको छ ।

कम्पनीका बोर्ड निर्देशकहरूमा अम्बिका प्रसाद पौडेल, राजेन्द्र सिंह भण्डारी, सिताराम थापा र कृष्ण प्रसाद शर्मा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री