शुक्रबार, २८ वैशाख २०८१

हिमालयन हाइड्रोको आईपीओ बाँडफाँट

समयपोष्ट २०७९ असार २८ गते १०:३४

Advertisement

हिमालयन हाइड्रोपावरको साधारण सेयर भएको छ ।

मंगलबार कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कुल १५ लाख ९५ हजार ५५४ आवेदकबाट १ करोड ७७ लाख ५४ हजार ३०० कित्ताका लागि आवेदन परेको थियो। कुल आवेदनमध्ये १ हजार ६११ आवेदन रद्द भएका छन् भने १५ लाख ९३ हजार ७९६ आवेदन स्वीकृत भएको छ।

स्वीकृत आवेदनमध्ये १ लाख ८३ हजार ४७ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। सोमध्ये पनि भाग्यमानि २ आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

Advertisement

कम्पनीले असार १५ गतेदेखि प्रतिशेयर १०० अंकित दरमा कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता शेयर मात्रै सर्वसाधारणलाई बाँटफाँट गरिएको हो।

कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री