आइतबार, २३ वैशाख २०८१

पाल्पा सिमेण्ट उद्योगले भारततर्फ सिमेन्ट निकासी गर्न थाल्यो

समयपोष्ट २०७९ असार २५ गते ६:५३

Advertisement

नवलपरासीको पाल्पा सिमेण्ट उद्योगले भारततर्फ सिमेन्ट निकासी सुरु गरेको छ। उद्योगले शुक्रबारबाट सुनौली नाकाहुँदै भारततर्फ सिमेन्ट निकासी गरेको हो।

उद्योगले आयोजना गरेको एक कार्यक्रममा सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले भारततर्फ सिमेन्ट लिएर जान लागेका ट्रकलाई बिदाई गर्दै निकासी सुरु गरिएको जानकारी दिइएको हो। बजेटमार्फत् सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत अनुदान दिएपछि भारतर्फ सिमेन्ट निकासी गर्न उद्योगीहरु उत्साहित भएका हुन्।

उद्योगले पहिलो दिन ३ हजार बोरा सिमेन्ट भारत पठाएको छ। दैनिक १८ सय टन क्लिङ्कर उत्पादन क्षमताको प्लाण्ट रहेको उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जानकारी दिए।

पाल्पा सिमेन्ट इण्डस्ट्रिज लिमिटेडको नाउँबाट उद्योगले ‘तानसेन’ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ। भारतमा सिमेन्ट पठाउनका लागि गर्नुपर्ने भारत गुणस्तर मापदण्डलगायतका सबै सरकारी प्रक्रिया पूरा गरेपछि उद्योगले सिमेन्ट पठाउन थालेको हो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री