शुक्रबार, २० असार २०८२

उपत्यकामा साझा यातायातका तीन विद्युतीय बस सञ्चालनमा, कुन-कुन रुटमा चल्छ ?

समयपोष्ट २०७९ असार २३ गते १४:२६

Advertisement

काठमाडौं उपत्यकामा साझा यातायातका विद्युतीय बस सञ्चालनमा आएको छ ।

बिहीबारबाट उपत्यकामा साझाका तीन विद्युतीय बसले सेवा दिन थालेका हुन् । ती बस चीनबाट काठमाडौँ ल्याईएको हो । चिनियाँ कम्पनी नानजिङस्थित सीएचटीसीएचओले निर्माण गरेको विद्युतीय बस हो ।

यी बस २ वटा रुटमा चल्नेछन् । एउटा बस लगनखेल–जावालाखेल–त्रिपुरेश्वर–लैनचौर–बाँसबारी हुँदै बुढानिलकण्ठसम्म चल्ने छ । अर्का दुई वटा बस माछापोखरी–बालाजु–सोह्रखुट्टे– पुरानो बसपार्क–माइतिघर, तिनकुने हुँदै एयरपोर्टसम्म चल्ने साझाले जनाएको छ । यी विद्युतीय बस अपांगमैत्री छन् ।

साझाले आगामी दिनमा ३७ वटा बस सञ्चालन गर्ने बताएको छ । सञ्चालनमा आएका बसको मूल्य एक करोड ५० लाख रुपैयाँ रहेको छ । सो बसको सीट क्षमता ४० रहेको छ । काठमाडौं उपत्यकापछि साझाले प्रदेशमा पनि बस सञ्चालन गरिने बताएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री