
सरकारले नागरिकतासम्बन्धी विधेयक संसदबाट फिर्ता लिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको एक मन्त्रीले बताए ।
संशोधित विधेयक बुधबार पेश हुँने उनले बताए ।
सरकारले २०७५ सालमा पेस गरेको नागरिकता विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई पारित भइसकेको छ ।
अहिले विधेयक प्रतिनिधिसभा पेस भएको छ ।








प्रतिक्रिया