आइतबार, ६ जेठ २०८१

सेयर बजारमा दोहोरो अंकको वृद्धि

समयपोष्ट २०७९ असार १९ गते १६:०२

Advertisement

सेयर बजारमा दोहोरो अंकले बढेको छ ।

आज नेप्से परिसुचक ५७.६१ अंकले बढेर २०८६.३८ बिन्दुमा पुगेको छ ।

आइतबार २३१ कम्पनीको ६२ लाख २७ हजार ६ सय ९२ कित्ता सेयर किनबेच भएको छ ।

यसबाट २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार सबै समुह उपसुचकहरु बढेका छन् ।

Advertisement

आइतबार ६ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालय पावर पार्टनर, माथिल्लो तामाकोशी, सान्जेज जलविद्युत्, नेष्डो समृद्धि लघुवित्त र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रसुवागढी हाइड्रो, मध्यभोटेकोशी, कर्पोरेट डेभलपमेन्ट बैंकसहितको मूल्य समेत सर्किट लेबलमा बढेको छ ।

आइतबार बीओके डिभेन्चर, ङ्याग्दी ग्रुप पावरको मूल्य धेरै घटेको छ । यस दिन ङ्याग्दी ग्रुपको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री