राज कुन्द्राको बैंक खाता रोक्का, प्रहरीकै सामु रोइन शिल्पा
समयपोष्ट
२०७८ साउन १३ गते १७:४३
अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ परेका ब्यवसायी तथा बलिउड अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रालाई थप १४ दिन न्यायिक हिरासतमा पठाउन अदालतले आदेश दिएको छ ।
घटनाबारे थप अनुसन्धान गर्न मंगलबार कुन्द्रालाई थप १४ दिन हिरासतमा राख्न अदालतले यस्तो आदेश दिएको हो । प्रहरीले कुन्द्राको दुईवटा बैंक खाता पनि रोक्का गरिदिएको छ ।
कुन्द्राकी पत्नी तथा बलिउड अभिनेत्री शिल्पा सेठ्ठीलाई प्रहरीले पुनः सोधपुछ गर्ने सम्भावना कम रहेको क्राइम ब्रान्चले जनाएको छ । गतसाताको सोधपुछमा शिल्पा प्रहरीकै सामु रोएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया