शुक्रबार, १४ वैशाख २०८१

राज कुन्द्राले कस्तो फिल्म बनाउँथे ? यसो भन्छिन् गहना वशिष्ठ

समयपोष्ट २०७८ साउन ९ गते १२:४६

Advertisement

शिल्पाका श्रीमान तथा ब्यवसायी राज कुन्द्रासंग काम गरेकी अभिनेत्री गहना वशिष्ठले राज कुन्द्रामाथि गलत आरोप लगाइएको दाबी गरेकी छिन् ।

भारतीय अनलाइन आज तकसँग कुरा गर्दै गहनाले राज कुन्द्राले बनाएका फिल्महरु धेरै नै बोल्ड र एरोटिक भएको बताएकी छिन् । उनले कुन्द्राले बनाएका फिल्म पोर्नको क्याटेगोरीमा आउने दाबी गरिन् । उनले कुन्द्राले बनाएको फिल्मलाई गलत तरिकाले ब्याख्या गरिएको बताउँदै फिल्म नहेरी पोर्न भन्नु गलत भएको उल्लेख गरिन् । उनले भनिन्, ‘मैले राज कुन्द्रासँग तीन फिल्ममा काम गरेकी छु । मैले उनको फिल्ममा सहज तरिकाले काम गरेकी थिएँ । उनले ममाथि कहिल्यै पनि प्रेसर दिएनन् । उनले कहिल्यै कुनै कुरा लुकाएनन् पनि । पेपरमा एउटा कुरा र सेटमा अर्को कुरा कहिल्यै गरेनन् । निकै व्यवसायिक तरिकाले काम गरेका हौँ । मैले जति पनि काम गरे ती फिल्महरु पोर्न हैनन् । अझ भनौँ धेरै एरोटिक पनि थिएनन् ।

उनले अगाडि भनिन्, ‘जब मैले अभिनेत्रीको रुपमा काम गरेँ । उनले ममाथि कुनै पनि दबाब दिएका थिएनन् । राजले युवतीहरुलाई फोर्स गरे भन्ने कुरा म मान्न तयार छैन । मलाई पाँच महिनाका लागि जेलमा हालिएको थियो । म जुन दिन सेटमा भेटिएँ भनिएको थियो त्यो दिन म सेटमा नै थिइन । मलाई अदालतले ७ तारिखका दिन बोलाएको थियो । ५ तारिखका दिन म दिनभर प्रहरी चौकीमा थिएँ । मेरोविरुद्ध कुनै पनि प्रमाण नभेटिएपछि मलाई छोडिदियो ।

गहनामाथि पनि ‘एडल्ट फिल्म’, सामूहिक बलात्कार जस्ता आरोपहरु लागेका थिए । उनी केही महिनाअगाडि मात्रै जेलमा थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री