बिहीबार, १५ चैत २०८०

शिल्पाका श्रीमान‍्ले पुनितलाई गरेका थिए यस्तो म्यासेज, भन्छिन्- यो मानिस जेलमै सडोस्

समयपोष्ट २०७८ साउन ७ गते १३:१८

Advertisement

मंगलबार मुम्बई पुलिसले बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रलाई पोर्नोग्राफी भिडियो बनाउने र सार्वजनिक गर्ने गरेको आरोपमा पक्राउ गरेको छ ।

उनी पक्राउ परेसंगै धेरै मानिसहरुले उनीमाथि गम्भिर आरोपहरु लगाइरहेका छन् । भर्खरैमात्र युट्युबर पुनित कौरले पनि राज कुन्द्राबारे नयाँ खुलासा गरेकी छिन् । उनका अनुसार राज कुन्द्राले ‘ह्वाट्स एप’ का लागि भिडियो सुट गर्न भन्दै म्यासेज गरेका थिए ।

यी युवतीले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत फ्यानहरुलाई सोधेकी छिन्, ‘के तपाईहरुलाई हाम्रो भेरिफाईड डिएम भिडियो याद छ ? जहाँ राजले ह्वाट्स एपका लागि काम गर्ने अफर मलाई दिएका थिए । म राजको अहिलेको खुलासा देखेर हैरान भएको छु ।’

पुनितले अर्को इन्स्टा स्टोरीमा लेखेकी छिन्,‘यी मानिसहरुले अरुलाई फसाइरहेका थिए । युवतीहरुलाई लालच देखाउँथें, जब उनले मलाई म्यासेज गरेका थिए, तब पहिले त मलाई त्यो स्पाम हो भन्ने लागेको थियो । भगवान्, यो मानिस जेलमै सडोस् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री