शनिबार, ८ वैशाख २०८१

विष्णुकुमार अग्रवाल बने नेपाल उद्योग परिसंघको अध्यक्ष, ३७जना राष्ट्रिय परिषद सदस्य चयन

समयपोष्ट २०७८ साउन ७ गते ९:३०

Advertisement

नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणभाबाट अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन् ।

परिसंघका वरिष्ठ उपाध्यक्ष स्वतस् अध्यक्ष हुने प्रावधान अनुसार अग्रवाल अध्यक्षमा चयन भएका हुन्। यस अघि उनी परिसंघको वरिष्ठ उपाध्यक्ष थिए।

को हुन् अग्रवाल

एमए डब्लु ग्रुप अफ कम्पनिजका प्रवन्ध निर्देशक अग्रवाल यसअघि परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकेका छन्। अग्रवाल परिसंघको पूर्वाधार विकास समितिको सभापति समेत भइसकेका छन्। एमए डब्लु इन्टरप्राइजेज, एमएडब्लु अर्थमुभर, एमएडब्लु इन्भेष्टमेन्ट कम्पनी, एमएडब्लु रेडि मिक्स कंक्रिट, एमएडब्लु इन्जिनियरिङ, भीआर होल्डिङ लगायतका दर्जन कम्पनीका चेयरम्यान हुन्। पूर्व फुटबल खेलाडी समेत रहेका अग्रवाल नेपाल सुपर लिगविजेता काठमाडौं रेजर्स फुटबल क्लबका प्रोमोटर पनि हुन्।

नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल २१ वर्षकै उमेरमा व्यवसायमा संलग्न भएका थिए। सन् १९९२मा पारिवारिक व्यवसाय एमएडब्लुको बिक्री प्रमुखको रुपमा काम थालेका थिए। सन् १९९९मा एमएडब्लुको औद्योगिक इक्विपमेन्ट डिभिजन सम्हाले। सन् २००३मा हेभी इक्विपमेन्ट जेसिबीको नेपालको आधिकारिक बिक्रेता हुँदै स्कोडा, फिएट, जीप लगायतका गाडीको समेत आधिकारिक बिक्रेता बने। चेक रिपब्लिकको एलइटी जहाजको पनि नेपालको एजेन्सी समेत अग्रवालको कम्पनी भीआर होल्डिङसँग छ।

३७ जना राष्ट्रिय परिषद सदस्य चयन

परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद सदस्य चयन गरेको छ। त्यस मध्येबाट सात जना अध्यक्ष चयन हुनेछन्। राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिप कुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दीपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाणकुमार चौधरी, बिक्रम सिंघानिया, दीलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन्।

यसैगरी प्रतिष्ठान तर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन्। संस्थागत सदस्य समूह तर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्त बहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री