बिहीबार, ६ वैशाख २०८१

अन्तत : माधवलाई दोस्रो अध्यक्ष बनाउन तयार भए ओली

समयपोष्ट २०७८ साउन ६ गते २१:२२

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएका छन् ।

पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले पार्टी एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका हुन् । ओलीले बैठकमा भने, ‘हामी एकताका लागि हदैसम्म लचिलो छौं । अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी राख्छौं, ओलीले भने, ‘माधव नेपालले दोस्रो अध्यक्ष मागे । मिल्ने हो भने पार्टी एकता बचाउनका लागि दोस्रो अध्यक्ष दिन तयार छु । तर मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन । अनेक बहाना खोजिएको छ ।’

१० बुँदे सहमिति कार्यान्वयमा आफू प्रतिवद्ध रहेको उनले बताए । एकता भएमा सबै संरचनाहरु २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री