शनिबार, २९ वैशाख २०८१

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट

समयपोष्ट २०७८ असार २८ गते १०:४५

Advertisement

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बाँडफाँट भएको छ।

लघुवित्तको आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २ हजार ७५३ आवेदकको ३७ हजार ९२० कित्ताका लागि दिइएको आवेदन रद्द भएको छ।

आवेदनभन्दा बढी माग परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट गरिएको हो। जसअनुसार ३६ हजार ३४९ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी २ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

Advertisement

यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री