बिहीबार, २० वैशाख २०८१

भेटियो पुड्को गाई, गिनिज बुकमा नाम लेखाउने तयारी

समयपोष्ट २०७८ असार २५ गते ११:३३

Advertisement

बंगलादेशमा आजकाल एउटा गाईको निकै चर्चा छ ।

यो २३ वर्षीय भुटानी गाई केवल ५१ सेन्टिमिटर अग्लो छ र यसको तौल २८ केजी मात्रै छ ।

रानी नामको यो गाई चरिग्रामस्थित ढाकाबाट नजिक रहेको फार्ममा छ ।

यस फार्मका व्यवस्थापक हसन हाउलाडरले रानीलाई विश्वको सबैभन्दा सानो गाईका रुपमा दर्ता गर्न गिनिज बुक अफ वल्र्ड रेकर्डमा निवेदन दिइसकेका छन् ।

Advertisement

हसनका अनुसार यो गाईलाई हिंड्न समस्या हुन्छ र शिखोर अग्रो फार्मका अन्य गाईहरुसँग यो तर्सन्छ, त्यसैले यसलाई बथानभन्दा टाढै राख्ने गरिएको छ ।
अहिलेसम्म विश्वकै सानो गाईको कीर्तिमान मनिकयामका नाममा छ । भारतको यो गाई खुरदेखि नाप्दा ६१ दशमलव १ सेन्टिमिटर अग्लो छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री