बिहीबार, २० वैशाख २०८१

कतै भान्सा कोठामा पूजा गर्ने स्थान बनाउँनुभएको त छैन ?

समयपोष्ट २०७८ असार २१ गते १९:४३

Advertisement

वास्तुशास्त्रका अनुसार घरका भित्ताहरु चर्किएका छन् भने यसले घरका सदस्यमा रोग निम्त्याउँछ । चर्किनुका साथै यदि प्लास्टर वा रङ खराब भएका छन् भने पनि यस्तै हुन्छ । यस्तोमा भित्तालाई सधैं ठिक अवस्थामा राख्नुहोस् ।

यदि तपाईंले भान्सा कोठामा पूजा घर बनाउनुभएको छ भने यो राम्रो मानिँदैन । यसो गर्दा घरका सदस्यबीच प्रेम कम हुन्छ । साथै धनको कमी पनि हुन थाल्छ ।

यदि घरमा माकुराको जालो बनेको छ भने यो यसले घरमा समस्या निम्त्याउँछ ।

यदि घरमा फुटेको सिसा छ भने त्यसलाई तत्काल घरबाट निकाल्नुहोस् । यसले घरमा नकारात्मक ऊर्जा पैदा गर्छ ।

Advertisement

घरमा वा छतमा यदि काम नलाग्ने सामान जम्मा भएका छन् भने यसलाई घरबाट निकालिदिनुहोस् । साथै घरमा ओइलिएका फूल पनि नराख्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री