बिहीबार, १५ चैत २०८०

घरमा के-को छाया पर्दा अशुभ हुन्छ ?

समयपोष्ट २०७८ असार २१ गते १३:५३

Advertisement

ज्योतिष शास्त्रमा छायालाई राहु र केतुको प्रतीक मानिन्छ । परिवारमा बस्ने सदस्यहरू छायाको कारण नै प्रायः बिरामी हुन्छन् भन्ने मान्यताका आधारमा घरमा छायाको प्रभावबाट बच्नुपर्छ भन्ने मान्यता राखिन्छ । कुन वस्तुको छाया घरमा पार्नु हुँदैन भन्नेबारेमा यहाँ उल्लेख गरिएको छ ।

१.ध्वज छायाको असर: ध्वज छाया भनेको झण्डाको छाया हो । मन्दिरको १०० फिट आसपास बनाइएको घरहरू झण्डाको छायाबाट ग्रस्त हुने गर्छन् भन्ने मान्यता छ । तर यो मन्दिरको उचाइ र झण्डाको उचाइमा निर्भर हुन्छ । हिजोआज मन्दिरभन्दा अग्ला घरहरू बन्न थालेका छन् जसले गर्दा यो समस्याको जोखिम पनि कम हुने गर्छ ।

२. मन्दिर छायाको असर : यदि बिहान १० देखि ३ बजेसम्म अर्थात् मध्याह्नको आसपासमा मन्दिरको छाया घरमा परेको छ भने अर्थात् मध्य घामको केही घण्टा अघिपछि घरमा मन्दिरको छाया परेको छ भने यसले अशुभ फल दिन्छ भन्ने मान्यता छ । यस्तो छायाका कारण परिवारमा अशान्ति, व्यवसायमा घाटा र विवाह वा सन्तानमा ढिलाइ हुने गरेको छ ।

३. पर्वतको छायाको असर : यदि तपाईंको घरको नजिक कुनै पहाड छ र जसको छाया तपाईंको भवनमा परेको छ भने त्यो पनि अशुभ हुन सक्छ । भवनको पूर्वी भागमा पहाडको छाया पर्‍यो भने मान्छेको ख्यातिमा त्यसले असर गर्छ भन्ने मान्यता छ ।

४. भवनको छायाको असर : यदि तपाईंको घरभन्दा ठूलो घर छ र त्यसको छाया तपाईंको घरमा पर्छ भने यसबारे पनि चासो दिनु आवश्यक हुन्छ । आफ्नो घरले कुवा वा इनारमा छाया पार्न दिनुहुँदैन ।

५. रूखको छायाको असर : यदि रूखको छाया मध्याह्नको आसपास घरमा पर्छ भने यो वास्तु अनुसार हानिकारक हुन्छ । यसमा पनि दिशाको ज्ञान हुनु आवश्यक छ। यो छायाले सो घरमा बस्ने व्यक्तिको प्रगति रोक्छ भन्ने वास्तु शास्त्रीय मान्यता छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री