नेपाल बङ्गलादेश बैंकद्वारा बाढी पीडितलाई आर्थिक सहयोग

नेपाल बङ्गलादेश बैंक बाह्बिसे शाखाले बाढी पहिरोबाट विस्थापित परिवारलाई रु एक लाख सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राहत वितरणका निम्ती बाह्रबिसे नगरप्रमुख निमफुञ्जो शेर्पालाइ बैंकका शाखा प्रबन्धक श्रीकृष्ण पौडेलले चेक हस्तान्तरण गर्नुभएको हो ।

Advertisement

असार महिनादेखिको लगातारको वर्षाले बाह्बिसे नगरपालिका अन्तर्गतका विभिन्न वडामा बाढी पहिरोका कारण हुन गएको भौतिक एवं मानवीय क्षतिलाई मध्यनजर गर्दै सहयोग गरिएको नेपाल बङ्गलादेश बैंक बाह्बिसे शाखा प्रबन्धक श्रीकृष्ण पौडेलले बताउनुभयो । बैंकले सहयोग गरेकोमा नगरप्रमुख शेर्पाले आभार प्रकट गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री