
धनुषामा पिसाब फेर्न राती बाहिर निस्किएकी युवती बलात्कृत भएकी छिन् ।
जिल्लाको क्षिरेश्वनाथ नगरपालिका वडा नम्बर ३ की १८ बर्षिय युवती बलात्कृत भएकी हुन् । अवेरसम्म पनि उनी घरभित्र नपसेपछि अभिभावकले खोजतलास गरेका थिए । बिहान ३ बजे युवतीलाई लगेर बलात्कृत गर्ने स्थानीय कलाम राइनलेनै उनलाई घरमा छोड्न आएपछि युवतीले घटनाबारे बताएकी थिईन् ।
त्यसपछि स्थानीय र आफन्तले तत्कालै युवकलाई नियन्त्रणमा लिई कुटपिट गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मा लगाएका छन् । कुटपिटबाट युवक घाइते भएका छन् ।
स्थानीयले जिम्मा लगाएपछि युवती र युवक दुबैको स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।









प्रतिक्रिया