
माछापुच्छ्रे बैंक लि. र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको ऋणको सावा तथा व्याज कनेक्ट आइपिएस मार्फत भुक्तान गर्न सक्ने गरि सहमति भएको छ ।
कर्मचारी सञ्चय कोषबाट कर्जा लिएका ऋणीहरूले साँवा र ब्याजसहितको किस्ता रकम बिद्युतिय माध्यमबाट भुक्तानी गर्न सक्ने गरि भएको सम्झौता पत्रमा माछापुच्छ्रे बैंक लि. का नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने तथा कर्मचारी सञ्चय कोषको तर्फबाट चिफ म्यानेजर अर्जुन कुमार गौतमले हस्ताक्षर भयो ।
सम्झौता पछि अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता भएका कर्मचारी सञ्चय कोषका ऋणीहरूले कनेक्ट आइपिएस अनलाईन पोर्टलमा लग इन गरेपश्चात् गभरमेन्ट पेमेन्ट अन्र्तगत कर्मचारी संचयकोषको आइकनमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् ।
नयाँ व्यवस्था अनुसार बैंक नपगिकन जुनसुकै ठाउँबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने छ ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको यस बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिंग सुबिधा प्रदान गरिरहेको छ ।










प्रतिक्रिया