शनिबार, ८ वैशाख २०८१

अब महालक्ष्मी लाइफ इन्सुरेन्सको प्रिमियम सेलपे बाटै तिर्न सकिने

समयपोष्ट २०७७ साउन ८ गते १६:४२

Advertisement

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले महालक्ष्मी लाइफ इन्सुरेन्ससँग बिमा प्रिमियमको डिजीटल भुक्तानीको लागि सहकार्य गरेको छ । सहकार्य सम्झौतामा महालक्ष्मी लाइफ इन्सुरेन्सका उप प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

यससंगै महालक्ष्मी लाइफका ग्राहकहरुको आफ्नो बिमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको । ग्राहकहरुले सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बिमा प्रिमियम तिर्न का लागि सेल पे मा आफ्नो खाता लिंक गरि सजिलै बिना कुनै झन्झट, कुनै पनि समयमा रकम तिर्न सकिने छ ।

यसका लागि सेल पे मा लग इन गरि बिमा अप्सनमा क्लिक गर्नुहोस, महालक्ष्मी लाइफ छनौट गरि आफ्नो पोलिसि नम्बर र जन्म मिति राखे पस्चात आफ्नो बिमा विवरण चेक गरि देखाएको प्रिमियमको रकम पे बटन थिचि बिमा प्रिमियम भुक्तानी गर्न सकिने छ ।

सम्पूर्ण भुक्तानीहरु ट्रान्सक्सोन हिस्ट्रि सेक्सोनबाट सजिलै हेर्न सकिनेछ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेबाट बास्तविक समयमा भुक्तानी,बिना वालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षित लोयल्टी पोइन्टस प्राप्त गर्न सकिन्छ ।

सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बिमा रकम भुक्तानी, इ एम आई भुक्तानी, कोविड-१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार, पि टुु पि,पि टु बि,बि टुु पि,बि टु बिआदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री