बुधबार, १९ वैशाख २०८१

नेपाली बजार भित्रिदैँ अपाचे आरटिआर २०० ४ भि, यस्ता छन् विशेषता

समयपोष्ट २०७७ साउन ६ गते २१:०८

Advertisement

नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले अपाचे आरटिआर २०० ४ भिलाई चाँडैनै नेपाली बजारमा भित्राउने भएको छ ।

भारतमा १ वर्ष अगाडी नै प्रस्तुत भएर सफलता प्राप्त गरिसकेको टिभिएस अपाचे आरटिआर २०० ४ भि ६० देशमा अत्यधिक रुचाइएको र ६० लाखभन्दा बढी ग्राहकहरुको मन जित्न सफल भैसकेको छ ।

टिभिएस अपाचे आरटिआर २०० ४ भि एक त्यस्तो अद्वितीय बाइक हो जसमा स्मार्ट एक्स कनेक्ट र एबिएस जस्ता अत्याधुनिक प्रविधिका विशेषताहरु जडित छन् ।

स्मार्ट एक्स कनेक्टको सहायताले चालकले मोबाइलमा कल तथा एसएमएस आएको सजिलै जानकारी पाउन सक्ने,टर्न बाइ टर्न नेभिगेसन, रेस टेलिमेट्री, एँगल मोड जान्न, इन्धन कम भएको संकेत, तथा जुध्न लागेको जनाऊ दिने विशेषता उक्त बाइकमा रहेका छन् ।

Advertisement

यसैगरी नयाँ टिभिएस अपाचे आरटिआर २०० ४ भिमा जडित हातको पञ्जा आकारको अवस्थामा राखिएका सम्पूर्ण नयाँ एलइडि हेडल्याम्पले बाईकमा झन आकर्षण थपेको छ ।

यसको सहायताले बाइक चालकले धेरै टाढाको दूरीसम्म पनि सजिलै देख्न सक्ने, नयाँ रेस ग्राफिक्स, रेस अनुकूल फ्युल इन्जेक्सन ‘आरटि–एफआइ’ प्रविधि यस बाइकको अर्को विशेषता हो । जुन हरप्रकारको हँकाई अवस्थामा चालकलाई आनन्दायक महसुस हुनेगरी डिजाइन गरिएको छ ।

यान्त्रीकरणको दृष्टिकोणले यो नयाँ बाइक उही १९७.७५ सिसि एकल–सिलिण्डर आयल कूल्ड इन्जिनको शक्तिप्रदत्त छ, जसले २०.५ एचपि को अधिकतम पावर र १६.८ एनएमको उच्च टर्क उत्पादन गर्दछ ।

यसको सबै पावर ५ स्पिड गीयर बक्समार्फत् पछाडीको पाङ्ग्रामा पठाइएको छ । यसैगरी यो अपाचे आरटिआर २०० ४ भि बाइकका अन्य विशेषताहरुमा आरएलपि नियन्त्रित दोहोरो च्यानलको एबिएसका साथै स्थिरता र हँकाई स्तर वृद्धिको लागि रेडियल टायर पनि रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री