शुक्रबार, १६ चैत २०८०

यौन जीवन राम्रो बनाउन यी कुरामा ध्यान दिनुुहोस्

समयपोष्ट २०७७ साउन ६ गते १४:४५

Advertisement

यौनपार्टनरबीच समझदारी नभई गरिएको सम्भोग सुखमय हुँदैन ।

अमेरिकाको यूनिभर्सिटी अफ टेक्सासले गरेको एक अध्ययन अनुसार महिलालाई सम्भोगको बेला उत्तेजित पार्न उनीसँग बेडरुम भन्दा बाहिरदेखि नै राम्रो सम्वाद गर्नुपर्छ । यौन पार्टनरसँग उसको वा आफ्नो मनपर्ने सेक्शुअल इच्छाका बारेमा कुरा गर्नुपर्छ । यसले तपाईंको पार्टनरले सहज महसुस गर्न सक्छिन् र तपाईप्रति आकर्षित हुन्छिन् ।

यदि यौन पार्टनरले तपाईंको शेड्यूल बारेमा सोध्छिन् भने हुन सक्छ उनलाई तपाईसँग अन्तरंग हुने इच्छा छ । उनले तपाईको निजी जीवनका बारेमा सोध्छिन् भने बुझ्नुस उनलाई तपाईसँगको दूरी असहज हुन सक्छ ।

यौनपर्टनरको कुरा सुन्ने र कुरा गर्नाले भावनात्मक लगाव पैदा हुन्छ । जसले तपाईंप्रति उनमा माया उत्पन्न हुन्छ ।

जर्नल अफ साइकोलोजीका अनुसार, महिला सामान्य पुरुषको तुलनामा त्यस्ता पुुरुषप्रति बढी आकर्षित हुन्छन् जसमा सेन्स अफ ह्यूमर हुन्छ । त्यसैले आफ्नो पार्टनरसँग दिनभरको कुरा सेयर गर्ने समय मजाक गर्नु राम्रो मानिन्छ ।

जर्नल अफ एक्सपेरिमेन्टल सोसल साइकोलोजीका अनुसार महिला त्यस्ता पुरुषतर्फ बढी आकर्षित हुन्छन् जो कुनै पनि विवादमा पर्न चाहदैन र स्मार्ट तरीकाले परिस्थितिको सामना गर्छ ।

जर्नल इभोल्युशनरी साइकोलोजीमा प्रकाशित एक अध्ययन रिर्पोटका अनुसार, महिला खराब किस गर्ने व्यक्तिसँग धेरैबेर सम्बन्ध जोड्न सक्दैनन् । उनलाई यदि उत्तेजित र उत्कर्षमा पुर्याउने हो भने एक राम्रो किसर बन्नु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री