पहिराले घर पुरिँदा तीन जनाको मृत्यु


धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिराले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । मृतक एकै परिवारको रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पहिरोले घर पुरिँदा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृत्यु भएको हो । पहिरो बिहान चार बजेतिर पहिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री