
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहको बैठकले तत्काल केद्रीय समितिको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ ।
बिहीबार साँझ प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा भदौ पहिलो साताभित्र केन्द्रीय कमिटी बैठक बोलाउने र अहिले जारी स्थायी कमिटी बैठकका एजेन्डा केन्द्रीय कमिटीमा लग्ने सहमति भएको बताईएको छ ।
बैठकमा सचिवालय सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्टलगायतका नेताहरुबीच करिव ४ घण्टा छलफल भएको थियो ।
आजै बालुवाटारमा दाहाल र माधव कुरमार नेपालले प्रधानमन्त्री ओलीसंग छलफल गरेका थिए । छलफलमा उनीहरुले प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्ने अडान दोहोर्याएका थिए ।









प्रतिक्रिया