आइतबार, ६ जेठ २०८१

यसकारण श्रावणमा माछामासु नखानुहोस्

समयपोष्ट २०७७ साउन १ गते ९:२७

Advertisement

हिन्दु धर्ममा आस्था राख्नेको लागि श्रावण महिनाको विशेष महत्व छ । हिन्दु धर्ममा आस्था राख्नेको लागि श्रावण महिनाको विशेष महत्व छ । यस महिनालाई शिव मासको रुपमा लिईन्छ । यस महिनामा भगवान् शिवको विशेष पूजा आराधना गरिन्छ । भगवान् शिवलाई खुसी पार्न व्रत बस्ने ,जल चढाउने महिनाभरिनै गरिन्छ । कतिपयले यस महिनामा सात्विक भोजन समेत गर्ने गर्छन् । यस महिनाभरिनै शिवालयहरुमा हिन्दुहरुको भिड लाग्ने गर्छ ।

श्रावण महिनामै किन उपवास बस्ने ?

श्रावण महिनामा ब्रत राखे भगवान् शिव खुसी हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहदै आएको छ । यस बाहेक वर्खायाममा मानवको पाचन यन्त्र कमजोर हुने हुँदा पानी लगायत विभिन्न खाद्य पदार्थको कारण पेटमा जीवाणु फैलने र झाडापखला लाग्ने संभावना हुन्छ । शरीरको प्रतिरक्षा प्रणाली पनि कमजोर हुन्छ । यसबेला उपवास बस्दा शरीरलाई फाइदा गर्छ ।

हामीले देखे, सुनेकै कुरा हो, झाडापखलाको संक्रमण यही महिनामा बढी फैलने गर्छ । त्यसैले वर्षायाममा हेपाटाइटिस, हैजा, ग्यास्ट्राइटिस, र विभिन्न भाइरल रोगहरु देखापर्छ । वर्षा र ओसिलो मौसमले यस्ता संक्रमण फैलने भय दोब्बर बढाइदिन्छ । यस्तो अवस्थामा खानपानप्रति सर्तक हुनैपर्छ ।

Advertisement

यसकारण मांसहार वर्जित

श्रावणमा धेरैले माछामासु खाँदैनन् । यो सिजनमा संक्रमणको भय अधिक रहन्छ । र, मासुजन्य परिकारमा संक्रमणको बढी संभावना हुन्छ । माछा मासुमा जीवाणु फैलने,कुहिने, सड्ने हुन्छ । त्यही कारण यसबेला मासुमंस त्यती हितकर मानिदैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री