सोमबार, २४ वैशाख २०८१

यी अभिनेत्रीसंग विवाह गर्न कार्ड छापिइसकेपछि रोकिएको थियो सलमान विवाह

समयपोष्ट २०७७ असार २९ गते १४:२९

Advertisement

बलिउड अभिनेता सलमान खानको नाम बलिउडमा धेरै अभिनेत्रीसंग जोडियो । तर हालसम्म पनि उनी सिंगलनै छन् । भारतीय सञ्चार माध्यमका अनुसार सलमानको नाम अभिनेत्री संगीता बिजलानीसंग पनि जोडिएको थियो । उनीसंग त विवाहको लागि कार्ड समेत छापिसकेको तर अन्तिममा विवहा टुुटेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सलमान र संगीताको भेट सन् १९८६ मा भएको थियो । यी दुईले लामो समय सँगै काम गरे । दुईबीच प्रेम सम्बन्ध गाँसिएपछि सन् १९९४ को २७ मे मा बिहे गर्ने तय भएको थियो । सलमानले नै यो मिति चुनेका थिए । सन् १९९३ मा सलमान खानले आफूले बिहे गर्न चाहेको अन्तर्वार्ताका क्रममा खुलाएका पनि थिए ।

अर्को एक अन्तर्वार्तामा त सलमान खानले यो पनि खुलाएका थिए कि, संगीतासँग बिहे गर्नका लागि कार्ड पनि छापिएको थियो । तर, संगीताले उक्त बिहे गर्नमा इन्कार गरिन् । खासमा सलमानको परिवार पनि यो बिहेका लागि राजी थिए । तर, संगीताको परिवार खासै खुशी हुन सकेका थिएनन् ।

यो बिहे पनि त्यसै भाँडिएको थिएन । संगीतालाई सलमानको सोमी अलीसँग पनि अफेअर चलेको थाहा भयो । यो थाहा पाएपछि संगीताले बिहे इन्कार गरेकी थिइन् । त्यसपछि संगीताले क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग सन् १९९६ मा बिहे गरेकी थिइन् ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री