शुक्रबार, १४ वैशाख २०८१

सुशान्त आत्महत्या प्रकरणमा मुछिएका भंसालीमाथि प्रहरीले यी दुई फिल्मबारे सोधपुछ गर्ने

समयपोष्ट २०७७ असार २२ गते २२:१०

Advertisement

सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा मुम्बई पुलिसले फिल्म निर्माता संजय लीला भंसालीसँग पनि सोधपुछ गरिरहेको छ ।

आठ व्यक्तिमध्ये भंसाली पनि ती एक ब्यक्ति हुन् जसविरुद्ध विहारमा सुशान्तलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै मुद्दा दर्ता भएको छ ।

रिपोर्टका अनुसार भंसालीले ‘गोलियों की रासलीलाः रामलीला’ सुशान्तलाई अफर गरेका थिए । तर पछि उनले यो भूमिका रणवीरलाई दिए । उनले ‘बाजीराव मस्तानी’ का बेला पनि यस्तै गरेको उनीमाथि आरोप लागेको छ ।

बाजीराव मस्तानीका लागि पनि सुरुमा सुशान्तलाई अप्रोच गरिएको थियो तर पछि उनलाई हटाएर रणवीर सिंहलाई कास्ट गरिएको थियो । मुम्बई पुलिसले भंसालीसँग यी दुबै फिल्मबारे सोधपुछ गर्ने बताइएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री