आइतबार, ४ साउन २०८२

दाइजोमा एक करोड नपाएपछि बेहुलाले छाडे मण्डप

समयपोष्ट २०७६ असार १५ गते १२:४३

एक दुलहाले दाइजोमा १ करोड भारु नपाएपछि विवाह नै तोडेको एक खबर सार्वजनिक भएको छ ।

घटना भारतको उत्तर प्रदेशस्थिती ग्रेटर नोयडाको हो । भारतीय मिडियाका अनुसार दुलही दिल्लीको एउटा बैंकमा काम गर्छिन् । दुलहीले पुलिसमा अक्षय गुप्ता, उनका पिता विजय कुमार, आमा रजनी गुप्ता र अन्य सातजनाविरुद्ध मुद्दा दर्ता गराएकी छिन् ।

स्रोतका अनुसार अक्षय एक व्यापारी हुन् र आफ्नो आमा–बुवासँग बस्छन् । पीडित महिलाका अनुसार जब विवाह निश्चित भयो तबदेखि नै उनीहरु दाइजोको काम गरिरहेका थिए । उनले सुरुमा ६ दाजुभाइका लागि सुनको सिक्का, आमा–बुवाका लागि सुनको सिक्री र पाँचतारे होटलमा पार्टी दिनुपर्ने माग गरेका थिए ।

पीडितले भनिन्, ‘उनीहरुको यो माग सम्बोधन गर्न परिवार सहमत भयो तर विवाहको दुई दिनअघि मात्रै उनकी आमाले फोन गरेर एक करोड नगद दिनुपर्ने नभएर विवाह तोड्ने चेतावनी दिइन् ।’

विवाहको दिन दुलहाको यो माग पुरा नभएपछि उनी विवाह मण्डप छोडेर गए । पुलिसले यो मामलामा परिवारविरुद्ध प्राथमिकी दर्ता गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री