शुक्रबार, ७ वैशाख २०८१

श्रीमान श्रीमतीबीच पनि गोप्य रहने यी कुरा

समयपोष्ट २०७६ जेठ २९ गते १९:२१

Advertisement

कयौं पटक यस्तो भएको हुन्छ आफू जोशमा आएर कसैलाई आफ्नो ठानेर भविष्यको लागि केही नसोचेर अर्कालाई आफ्नो मनको कुरा बताइदिने गरिन्छ । यदि अगाडी गएर आफ्नो गल्तीको महसुश त्यतिखेर गरिन्छ जब आफ्नो राजको कुरा अर्कोले जानेबुझेर मौकाको फाईदा उठाउँछ । यसपछि सबैलाई धेरै प्रकारका चिन्ताको सामना गर्नुपर्छ । यदि तपाईले आफ्नो भलो चाहनुहुन्छ भने यी सात कुरा कुनैपनि हालतमा कसैलाई पनि नबताउनुहोस् ।

अपमान

यदि कुनै कारणले कसैले तपाईको अपमान गरेको छ भने यस कुरालाई गोप्य राख्नु नै उपयसक्त हुन्छ । यदि तपाईले यो कुरा कसै अर्का दोस्रो व्यक्तिलाई बताउनु हुन्छ भने दुई जनासम्म फैलिन्छ, दुईबाट चार सम्म फैलिन्छ, चारबाट चालिस जनासम्म कुरा फैलिन समय लाग्दैन । यस्तो आवस्थामा तपाई मजाकको पात्रपनि बन्नुसक्नु हुन्छ ।

सम्पत्ति नोक्सान 

आज कुनैपनि व्यक्तिको शक्ति तथा सामथ्र्य उनको धन सम्पत्तिबाट मुल्यांकन गरिन्छ । धनको आधारमा नाता निभाइन्छ र मित्रता गरिन्छ । अर्थात कहिल्यैपनि धन को नोक्सान भयो भने त्यो कुरालाई पनि कसैसामु व्यक्त गर्नु हुन्न । तपाईको भएको धन नोक्सानको बारेमा व्यक्तिहरुले थाहा पाएपछि उनले तपाई बाट दुरी बढाउँछ । धन नोक्सानभएको बाट उम्कनको लागि धनको नै आवश्यकता पर्छ र यो कुरा थाहा पाउन्जेल कसैले पनि धनको मद्यत गर्न मान्दैनन् ।

 झगडा

अधिकांह परिवारमा प्रायः गरेर सानो तिनो कुरामा विवाद भइरहन्छ । यदि आपसमा भएको झगडालाई घर भन्दा बाहिर कसैलाई पनि बताउनु हुँदैन । यस्तो गर्नमा समाजमा परिवारको प्रतिष्ठा कम हुन जान्छ । परिवारको हित नचाहने मान्छेले हाम्रो आपसी झगडाले फाइदा उठाउँछन् ।

मन्त्र

गुरुले दिएको मंत्रलाई पनि गोप्य राख्नुपर्छ । गुरु मंत्र तब मात्रै सिद्ध हुन्छ जब यसलाई गोप्य राखिन्छ । मंत्रहरु गोप्य राख्नुमा छिट्टै शुभ फल प्राप्त हुन्छ ।

दान

गुप्त दानको विशेष महत्त्व मानिएको छ । यस्तो मानिएके छकि जसले गुप्त रुपमा दान गर्छन् , उनलाई अक्षय पुण्यको साथसाथै देवी देवताको कृपा बाट पनि सुख सुविधाहरु प्राप्त हुन्छन् । दोस्रोलाई बताएर दान गर्नाले पुण्य प्राप्त हुँदैन ।

पद प्रतिष्ठा

यदि हामीले कसै ठुलो पदमा छौं र समाजमा हामीलाई धेरै सम्मान मिलछ र यस्तो कुरालाई पनि गोप्य राख्नुपर्छ । कुनै अरु व्यक्तिको सामु यस्ता कुराहरुलाई जाहेर गरेपछि यसले अहाँकारको भावना उत्पन्न गर्छ । अहाँकार पतनको मुख्य कारण बन्छ र तपाईको प्रतिष्ठामा कमी आउँछ ।

 

रतिक्रिया

महिला पुरुषबीचको रतिक्रिया (यौनसम्बन्ध)को बारेमा एकान्तको विशेष ध्यान राख्नुपर्छ । यो काममा जोडिएको कुरा गोप्य राखनु नै उपयुक्त हुन्छ । यदि यो कुरा अरुलाई जानकारी भएमा यसले हाम्रो चरित्र र सामाजिक जीवनको लागि राम्रो मानिँदैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री