शुक्रबार, १६ चैत २०८०

बेलायतमा गोरखा सैनिकबाट प्रधानमन्त्रीलाई ‘गार्ड अफ अनर’

समयपोष्ट २०७६ जेठ २९ गते १४:१०

Advertisement

बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोरखा सैनिकहरूले सलामी अर्पण गरेका छन् । १९ वर्षपछि बेलायत भ्रमणमा पुगेका ओलीलाई गोरखा सैनिकले नेपाली राष्ट्रिय गानको संगीत बजाएर स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली मंगलबार संयुक्त राज्य बेलायतको काम्बर्ली स्थित रोयल मिलिटरी एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालयमा पुगेका थिए ।

उनलाई ब्रिगेडमा रहेका गोरखा सैनिकले गार्ड अफ अनर प्रदान गरे । त्यसअघि प्रधानमन्त्री ओलीले समकक्षी थेरेसा मेसँग भेट गरी गोरखा सैनिक सम्बन्धी सहमति भएको त्रिपक्षीय सन्धिको पुनरावलोकनको प्रस्ताव राखेका थिए ।

यसैगरी प्रधानमन्त्री ओली बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर आज दिउँसो मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो लण्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री