शनिबार, १५ वैशाख २०८१

पुण्यतिथीमा प्रियंकाले पितालाई सम्झिदा ससुरा पलले यसो भने

समयपोष्ट २०७६ जेठ २९ गते ११:२३

Advertisement

बलिउड नायिका प्रियंका चोपडाले बुवालाई स्मरण गर्दै इन्स्टाग्रामा एउटा भावुक पोष्ट लेखिन् । सोमबार उनका  पिता अशोक चोपडाको छैटौं पुण्यतिथी थियो । प्रियंकाले आफ्नो पिताको पुण्यतिथीमा एउटा पुरानो तस्बिर सेयर गर्दै पितालाई याद गरेकी थिइन् । फोटोसँग उनले क्याप्सनमा लेखिन्, ‘६ वर्ष बित्यो । तर यस्तो लाग्छ कि हामीले हिजो मात्रै तपाईंलाई गुमाएका थियौं । मलाई तपाईंको निक्कै याद आउँछ ड्याड ।’

 

उक्त पोष्टमा उनका ससुरा पल केविनले उनलाई सान्त्वना दिँदै मायालु मेसेज लेखे । पलले लेखे, ‘हाम्रो प्रेम तिमीसँग छ, मेरी प्यारी बुहारी । तिम्रो बुवाको स्थान कसैले पनि ओगट्न सक्दैन । तर यहाँ हामी तिम्रो मन नजिक छौं । हाम्रो प्रेम र समर्थन तिमीसँग छ ।’

प्रियंकाको यो पोस्टमा उनका श्रीमान् निक जोनले पनि कमेन्ट गरेका छन् । उनले पोस्टमा हार्ट इमोजी पठाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री