शुक्रबार, १४ वैशाख २०८१

लामो समयसम्म यौन उत्तेजना रोक्दा हुन्छ यस्तो हानी

समयपोष्ट २०७६ जेठ २९ गते ९:५२

Advertisement

युवावस्थामा यौनइच्छा तीव्र हुने भएकाले यसको व्यवस्थापन भने सजिलो हुँदैन । यस्तो बेला दिमागमा यौनसम्बन्धी सोच आउनु स्वभाविक हो ।

यौनइच्छा स्वस्थ्य व्यक्तिको एक महत्वपूर्ण पाटो हो । हस्तमैथुन यौनइच्छा साम्य पार्ने एउटा उत्तम उपाय हो । यसलाई रोग मान्नुपर्ने कुनै कारण छैन । हामी सबै नै यौनिक हुन्छौं । प्रकृतिले नै हामीलाई यौनेच्छा प्रदान गरेको हुन्छ र यस्तो सबै स्वस्थ व्यक्तिमा हुन्छ ।

मानव जीवनका लागि भोक, निद्रा र प्यासजस्तै यौन पनि आवश्यक कुरा हो । मोटामोटी रूपमा हेर्दा यौनइच्छा अनि यौन उत्तेजनाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् ।

यौनइच्छाको समाधान

यौन सम्पर्क राख्नु नै यौनइच्छा शान्त पार्ने प्रमुख क्रियाकलाप हो । विवाह गर्ने सामाजिक परम्परा यौनइच्छा शान्त पार्न गरिने एउटा सामाजिक उपाय पनि हो ।

विवाहपूर्व यौनसम्पर्क गर्दा चियो–चर्चाको विषय हुन्छ भने विवाहपछि जति पटक यौन सम्पर्क गरे पनि त्यो चियोचर्चाको विषय हुँदैन ।
साथै बिवाहपूर्व गरिने यौन सम्बन्ध ठाँउ अनुसार सामाजिक नियम बिपरित पनि हुन सक्छ ।

प्यास लागे पानी पिउने वा भोक लागे खाना खानेजस्तै यौनइच्छा शान्त पार्ने कार्य गर्नु नै यसको हल हो । यौनइच्छा हुनु समस्या होईन किनभने यो स्वभाविक कुरा हो । जोडी नभएको अवस्थामा यौनेच्छा शान्त पार्न हस्तमैथुनलाई प्रयोग गर्नु यो सामान्य कुरा हो ।

यौन उत्तेजना रोक्दा अण्डाशयमा असर

यौन उत्तेजनापछि स्खलित नहुँदा पनि अण्डकोषमा पीडा महसुस हुन्छ । यौन उत्तेजित हुँदा हाम्रा यौन अङ्ग तथा त्यस वरिपरिको भागमा रक्तप्रवाह बढी हुन्छ । लिङ्गको उत्तेजना पनि लिङ्गको विशेष तन्तुमा रगत भरिएर हुन्छ ।

 

लामो समयसम्म यौन उत्तेजना हुँदा वा यौन उत्तेजित अवस्थामा लामो समयसम्म बस्नुपर्दा अण्डकोष तथा प्रोस्टेट ग्रन्थिमा बढी रक्त प्रवाहका कारणले तरल पदार्थ जम्मा हुन पुग्छ, जसले गर्दा यी अङ्गहरू केही मात्रामा सुन्निन्छन् । यसका कारणले नै अण्डकोष वा यौनाङ्ग क्षेत्रमा केही पीडा वा असजिलो वा भारीपन अनुभव हुन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री