शुक्रबार, ७ वैशाख २०८१

प्रभु इन्स्योरेन्स र बि एण्ड सी मेडिकल कलेजबीच सम्झौता

समयपोष्ट २०७६ जेठ २२ गते ६:२७

Advertisement

प्रभु इन्स्योरेन्स लिमिटेड र बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरबीच नगद रहित सेवा सम्वन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट सवारी साधन बिमा गराउने ग्राहकहरुले सवारी साधन दुर्घटनाको कारण यात्रु तथा तेश्रो पक्ष घाईते भई तथा औषधोपचार बिमा गराउने ग्राहकले बिरामी भई बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएतापनि बिमालेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री