शनिबार, ८ वैशाख २०८१

फोर्स मर्जको कुरा लुकाएका छैनौँ : बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंको विष्लेषण

समयपोष्ट २०७६ जेठ २० गते १०:३१

Advertisement

हामीले नयाँ बीमा कम्पनी थपेका होइनौँ । २०६५ सालदेखि पाइपलाइनमा निवेदन दर्ता गरेर राखेका नयाँ कम्पनीहरू थिए । त्यसलाई फस्र्योट गर्ने काम ग¥यौँ र त्यही दिन नयाँ कम्पनीहरूका लागि लाइसेन्स बन्द गर्यौं । हामीले त्यति बेला कम्पनीको पुँजी पच्चीस करोडबाट एक अर्ब र पचास करोडको दुई अर्ब भनेका थियौँ । साथै, पुराना भइराखेका कम्पनीहरूले २०७५ असारसम्ममा तोकिएबमोजिमको पुँजी पुर्याउनुपर्ने भनेर निर्देशन दिएका थियौँ । उक्त निर्देशिकामा तीन–तीन महिना गरेर छ महिना थप्न पाउने व्यवस्था पनि थियो । तर उनीहरूकोे समय २०७५ साल पुस मसान्तमै सकियो ।

त्यो बीचमा हामीले एनएफआरएस लागू गर्यौं। उनीहरूको लायबलिटी एडिक्वसी टेष्ट एक किसिमको बिमाङ्कीय विश्लेषण गर्नुपर्ने हुँदा ७४–७५ को नाफालाई उनीहरूले एलोकेसन गर्न पाएनन् । त्यस कारण ७४–७५ को वार्षिक वित्तीय विवरण प्रकाशन गर्ने समयसम्मलाई हामीले छुट दिएका हौँ । त्यो समय अब दुई महिना मात्रै बाँकी छ । कतिपय कम्पनीहरूले लायबलिटी एडिक्वसी टेष्ट गर्दा उनीहरूको सोचे जस्तोे रिटर्न छैन । त्यस कारण त्यस्ता कम्पनी स्वःस्फूर्त मर्ज हुन् भनेर मार्गप्रशस्त गर्नका लागि त्यो पोलिसी ल्याइएको हो ।
क्रस होल्डिङका लागि यो दुई वर्षको सीमाभित्र पन्ध्र प्रतिशत ल्याए हुन्छ भनेका छौँ । यदि त्यो भएन भने फोर्स मर्जको कुरा पनि हामीले लुकाएका छैनौँ त्यहाँ । त्यस कारण म अहिले त भन्न सक्तिनँ तर त्यस विषयमा बीमा समितिले निर्णय गर्न सक्ला ।

अब दुई महिना मात्रै बाँकी छ । कतिपय कम्पनीहरूले लायबलिटी एडिक्वसी टेष्ट गर्दा उनीहरूको सोचे जस्तोे रिटर्न छैन । त्यस कारण त्यस्ता कम्पनी स्वःस्फूर्त मर्ज हुन् भनेर मार्गप्रशस्त गर्नका लागि त्यो पोलिसी ल्याइएको हो ।

यदि कुनै बीमा व्यवसायमा दुई वा सो भन्दा बढी कम्पनीहरू एक–आपसमा मर्ज हुने अवस्था आवश्यक देखेमा बीमा समितिले चिठी लेखेर नै दिन्छ । मैले मलेसियामा पनि रेगुलेटरले फोर्स मर्जर गराएको छ भन्ने सुनेको छु । त्यस कारण त्यो जहाँसुकै हुन सक्छ ।

 

मर्ज हुनेलार्ई सुविधा

दुई वा सो भन्दा बढी कम्पनी मर्ज हुन चाहेको खण्डमा हामीले चार–पाँचवटा सुविधाहरू वर्गीकृत गरेर राखेका छौँ । पहिलो, चुक्ता पुँजी पुर्याउन एक वर्ष थप गर्ने समय दिइएको छ । दोस्रो, सीईओको कुलिङ पिरियड हटाइदिएका छौँ । तेस्रोे, व्यवस्थापन खर्च १.५ को सीमा जुन तोकिएको थियो, त्यो बढी भयो भने त्यसलाई स्वीकार गर्ने छौँ । चौथो, अहिले हाम्रो संस्थाको सुशासन निर्देशिका अनुसार आफुले प्रवद्र्धन गरेको कम्पनीको व्यवसायसँग बीमा गर्न पाइँदैन । त्यसको लागि त्यो बीमा अवधिसम्मको लागि छुट दिएका छौँ, जुन एक वर्षको हुने गर्छ । बाँकी एक वर्षसम्मका लागि सह बीमाअन्तर्गत तीस प्रतिशतसम्म जान सक्ने भनेर हामीले छुट दिएका छौँ ।

कम्पनीहरू मर्ज हुन्छन् भने उनीहरूलाई मार्गप्रसस्त गर्नका लागि हामीले यी छुट सुविधा दिएका हौँ ।

दुई वा दुईभन्दा बढी कम्पनीहरू मर्ज भएर नयाँ कम्पनी स्थापित भयो भनेचाहिँ त्यो सीईओलाई त्यो पहिलो कार्यकाल लागू हुने व्यवस्था गरेका छौँ । कम्पनीहरू मर्ज हुन्छन् भने उनीहरूलाई मार्गप्रसस्त गर्नका लागि हामीले यी छुट सुविधा दिएका हौँ ।

 

बीमाको कभरेज

हाम्रो वित्तीय क्षेत्रमा तीनवटा क्षेत्र छन् । बैङ्किङ क्षेत्र, जसको रेगुलेसन राष्ट्र बैङ्कले गर्छ । बीमा क्षेत्रको बीमा समिति र सेयर मार्केटको धितोपत्र बोर्डले रेगुलेसन गर्छ । यी तिनै क्षेत्र एकदमै चलायमान छन् । बैङ्किङ क्षेत्रमा जहिले पनि सीसीडी रेसियो क्रस हुने अनि व्याजदर उच्च हुने र लगानीयोग्य रकमको अभाव हुने । त्यसपछि समय–समयमा अर्थ मन्त्रालयमा बैठक बसेर पोलिसी बनाउनुपर्ने । त्यो समस्यागत अर्थात् नकारात्मक भाइब्रेसन हो ।

धितोपत्र बोर्डमा नेप्से परिसूचक सुरुमा अठार सय हाराहारीमा थियो, अन्त्यमा बाह्र सयमा झ¥यो । त्यहाँ आन्दोलन हुने र राजीनामा माग गर्नेसम्म भएको छ । त्यहाँ पनि भाइब्रेसन छ । धितोपत्रको समाचार केन्द्रबिन्दुमा छ । त्यो पनि नकारात्मक भाइब्रेसन नै हो । तर बीमा क्षेत्रको सत्तरी वर्षको इतिहासमा एक वर्षको अवधिमा हामीले आठ प्रतिशन जनसङ्ख्यालाई थप बीमा सेवा प्रदान गरेका छौँ । गत वर्षको चैतसम्ममा बीमाको दायरा दश प्रतिशत थियो भने यो वर्ष अठार प्रतिशत पुगेको छ ।

अब बीमा क्षेत्रमा आगामी दिहरूमा गर्दै जाने भनेको नियम विनियमनहरूको समीक्षा गर्दै जाने र संस्थागत सुशासन कायम गर्न बीमा समितिले नियमित निरीक्षण र सुपरिवेक्षण गर्ने ।

यो आर्थिक वर्षको अन्त्यसम्ममा बीमाको दायरा बीस प्रतिशत पुग्छ । त्यस्तै, गार्हस्थ उत्पादनमा बीमाको योगदान गत वर्ष १.५ प्रतिशत थियो । गत आर्थिक वर्ष ७५ सम्म २.५ भएको थियो भने ७५–७६ मा तीन प्रतिशतमा पुग्छौँ । यो सकारात्मक भाइब्रेसन हो । त्यस कारण बीमा क्षेत्र यो वर्ष एकदम उल्लेख्य वर्षको रूपमा रह्यो । अब बीमा क्षेत्रमा आगामी दिहरूमा गर्दै जाने भनेको नियम विनियमनहरूको समीक्षा गर्दै जाने र संस्थागत सुशासन कायम गर्न बीमा समितिले नियमित निरीक्षण र सुपरिवेक्षण गर्ने । असार मसान्तसम्म बीस प्रतिशत जनसङ्ख्यालाई बीमाको दायरामा पु¥याउने हाम्रो उद्देश्य हो ।

संस्थागत सुशासन

लगानी क्षेत्र एकदम व्यापक भएको छ । अबका दिनमा हाम्रा सीईओहरूले आफैँ लगानी गरेर पैसा कमाउन सक्नुहुन्छ र पोलिसी होल्डरहरूलाई रिटर्न दिन सक्नुहुन्छ । यो एउटा महत्वपूर्ण सुधार हो ।

हामीले अलि कठोरखालका संस्थागत सुशासनका चार–पाँचवटा बुँदाहरू सुधार गरेका छौँ । त्यसमा रहेका कतिपय विषयहरू जानकारी गरायौँ । साथै, सुशासनसम्बन्धी निर्देशिकामा हामी रेगुलेटर निरीक्षक होइन, हामी सहजीकरण गर्ने मात्र हौँ भन्ने हिसाबले गयौँ ।
दोस्रो, बीमा कम्पनीको आम्दानी र बीमितको बीमा दर वाणिज्य बैङ्क र वित्तीय संस्थाहरूको व्याजमा निर्भर हुन्थ्यो । किनभने त्यहाँ व्याज बढ्दा बोनसको दर र रिटर्न पनि बढ्छ । तर लगानी गर्ने क्षेत्र नहुँदा व्याज बढेन । बीमा समितिले खालि पैसा जम्मा गर्ने, लगानी गर्ने मात्र थियो । हामीले लगानी निर्देशिका नै परिवर्तन गरिदियौँ । यो निर्देशिकाले घरजग्गादेखि पूर्वाधारको क्षेत्रमा समेत लगानी गर्न सक्छ । बैङ्कहरूसँग सहवित्तीयकरणमा जान सक्छ । डिभेन्चरमा लगानी गर्न सक्छ । लगानी क्षेत्र एकदम व्यापक भएको छ । अबका दिनमा हाम्रा सीईओहरूले आफैँ लगानी गरेर पैसा कमाउन सक्नुहुन्छ र पोलिसी होल्डरहरूलाई रिटर्न दिन सक्नुहुन्छ । यो एउटा महत्वपूर्ण सुधार हो ।

निर्जीवन बीमातर्फ बाह्र वर्षदेखि थाती रहेको एकीकृत बीमा सम्पत्ति निर्देशिका हामीले जारी गरेका छौँ । त्यसले एक करोडसम्मको सम्पत्तिलाई प्रतिहजार रू. ४० पैसाका दरले चार हजारमा हुने व्यवस्था गरेका छौँ । अबका दिनमा एक कप चिया नखाए एक करोडसम्मको सम्पत्ति बीमा हुन्छ । त्यो प्रचारमा आउन बाँकी नै छ । हिजोका दिनमा बीमा क्षेत्रका कुनै पनि कर्मचारीले तालिम भन्ने पाएका रहेनछन् । हामीले सबै कम्पनीको संयुक्त प्रावधानमा तालिम इन्स्टिच्युट खोलेर तालिम दिँदै आएका छौँ । आगामी दिनमा त्यसलाई प्रदेशस्तरीय रूपमा लैजान्छौँ ।

हिजोे बीमामा के जागिर खानु भन्ने अवस्था थियो । आज जागिरसँगसँगै बीमा पनि हुने हुँदा युवाहरू यता आकर्षित हुन थालेका छन् । हामीले बीमा विषय अध्यापनका लागि विश्वविद्यालयलाई कोर्स डिजाइन गर्दिनुस् भनेर पठाउँदै छौँ । त्यो अन्तिम चरणमा छ । त्यस कारण अहिले बीमा समिति व्यवसायिक रूपमा अगाडि बढेको छ र यसलाई निरन्तरता दिन्छौँ ।

म आमनेपाली दाजुभाइहरूलाई बीमा गर्न अनुरोध गर्दछु । साथै, क्षति भयो भने दाबी क्लेम गर्नुहोस्, कम्पनीले दाबी दिएन भने हामी बीमा समिति छ, त्यसमा निवेदन दिनुहोस्, हामी छिटोभन्दा छिटो भुक्तानी गर्ने व्यवस्था गर्छौं ।

अन्त्यमा, हामीले बीमाको दायराचाहिँ बढाउने हो । यसका लागि विश्वसनीयता चाहिन्छ । विश्वसनीयता भनेको फेरि क्षति भएपछि पाइन्छ । त्यस कारण म आमनेपाली दाजुभाइहरूलाई बीमा गर्न अनुरोध गर्दछु । साथै, क्षति भयो भने दाबी क्लेम गर्नुहोस्, कम्पनीले दाबी दिएन भने हामी बीमा समिति छ, त्यसमा निवेदन दिनुहोस्, हामी छिटोभन्दा छिटो भुक्तानी गर्ने व्यवस्था गर्छौं । त्यस कारण बीमालाई एउटा संस्कृतिको रूपमा विकास गरौँ ।  (कुराकानीमा आधारित)

प्रतिक्रिया

सम्बन्धित सामाग्री