शुक्रबार, १६ चैत २०८०

यहाँ व्यापारिक काउन्सिलिङ मात्र भयो : डा.मनप्रसाद वाग्लेको बिष्लेषण

समयपोष्ट २०७४ असार १५ गते १०:०३

man wagleअहिले विद्यालयले कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीलाई ठूलो बिल्डिङ, हाइफाई, ग्ल्यामर विज्ञापन र यति, उति छात्रवृत्ति दिन्छौं भनेर विद्यार्थीलाई प्रलोभनमा पारिरहेका छन् । त्यस्ता कलेजमा विद्यार्थीको आकर्षण पनि अरूभन्दा बढी देखिन्छ । विद्यार्थी यतिमा मात्र भुल्ने र भित्री कुरा नबुझी भर्ना हुने हो भने भोलिका दिनमा दुःखमात्र पाउनुपर्नेछ । विद्यार्थीको करिअर पनि राम्रो बन्दैन । विद्यार्थीले कलेज छान्दा कलेजमा पूर्णकालिक शिक्षक कति छन् हेर्नुपर्छ । खाली पार्टटाइम शिक्षकमात्र छन् र १० वटा कलेजमा पढाउँछ, टेक्स्टबुक मात्र पढाउँछन् । विद्यार्थीलाई समय दिन सक्दैनन्, परिआएको समस्या समाधान गरिदिन फुर्सद नै नहुने, एक पिरियड पढाएर भागिहाल्ने शिक्षक भएको कलेजमा पढाइ राम्रो हुँदैन । त्यसैले सबैभन्दा पहिले विद्यार्थी, अभिभावक विद्यालयमा गएर पूर्णकालिक शिक्षक छन्, छैनन्, डिपार्टमेन्टको व्यवस्था छ कि छैन त्यो हेर्नुपर्छ ।

Advertisement

अर्को ११ कक्षामा पुगिसकेको विद्यार्थी १८ वर्षको भैसकेको हुन्छ । त्यो १८ वर्षको विद्यार्थी बालिग हो, संविधानले पनि भोट हाल्ने अधिकार दिएको छ । त्यस्तो मान्छेलाई खालि कक्षाकोठामा मात्र राखेर पाठ्यपुस्तकमात्र घोकाउने कलेज हो कि त्यहाँ विद्यार्थीको शारीरिक विकासका लागि खेलकुद, मानसिक विकासका लागि विभिन्न किसिमका क्रियाकलापलगायत अन्य सिर्जनाका कुराहरू हुन्छ कि हुँदैन, त्यो हेर्नुपर्छ ।

शिक्षकले पढाउने बेला विद्यार्थीलाई केन्द्रित गरेर पढाउँछ कि पाठ्यपुस्तकमात्र पढाएर जान्छ, विद्यार्थीलाई अगाडि ल्याउन सकिएन भने हामीले पढाएको केही पनि काम लाग्दैन । विद्यार्थीलाई प्रोजेक्ट दिने, ग्रुप वर्क दिने, विद्यार्थीलाई प्रे्रजेन्ट गराउने, विद्यार्थीबीच पढाएका कुरा सेयरिङ गराउने, नपुगेको कुरामात्र शिक्षकले हाल्दिने खालको प्रोसेस छ कि छैन । त्यस्ता विद्यालय छान्नुपर्छ ।

विद्यार्थीलाई मानसिक, सामाजिक, काउन्सिलिङ, स्वास्थ्यका तथा रिलेसनसीप तथा संवेगका समस्या हुन सक्छन् । यस्ता कुराको व्यवस्थापन गर्ने प्रणाली कलेजमा छ कि छैन, हेर्नुपर्छ । अर्को बिहान चल्ने कलेज हो कि दिउँसो चल्ने हो । बिहान कति बजेसम्म चल्छ । बिहान छ देखी ९, १० बजेसम्म चल्छ अनि घन्टी लागेपछि दौडिने तीनघन्टे कलेजमा विद्यार्थी जानै हुँदैन । किनभने ३५ मिनेटमा के पढ्ने, के सिक्ने । कम्तीमा ६ घन्टा पढाइ हुने कलेज छान्नुपर्छ । 

ग्रेडिङले मागेका कुरा

ग्रेडिङ भनेको नितान्त भिन्नप्रकारको मूल्यांकन प्रणाली हो । यो संसारमा सबैभन्दा उच्चतम ठहरिएको प्रणाली हो । यसले गर्ने भनेको म कुन विषयमा दक्षता राख्छु, कुन विषयमा मेरो दक्षता छैन, दक्षता भएको विषय लिएर अगाडि बढ्छु र त्यही विषयमा मेरो करिअर बन्छ भन्ने संकेत ग्रेडिङले गर्छ । पहिला फेल भएका अहिले पास भए भन्न पाइँदैन, अब फेल भन्ने हुँदैन । तोकिएको मापदण्ड पूरा भएको छ भने उसलाई अघि बढन देऊ भनेको हो । यो प्रणालीको हामी विरोध गर्नुहुँदैन । तर, यो प्रणाली ल्याइसकेपछि सरकाले मुख्य तीन कुरा ध्यान दिनुपथ्र्यो । 

पहिलो पाठ्यपुस्तकको विभाजन गर्ने र एउटा नलेजबाट अर्कोमा जाने व्यवस्था गर्नुपथ्र्यो । दोस्रो पठनपाठन प्रक्रियामा पनि यही प्रणालीअनुसार विद्यार्थीलाई नै अगाडि बढाउने प्रोजेक्ट वर्क, ग्रुपमा काम गराउने, ल्याबमा काम गराउने उनीहरूको मनोबल बढाउने काम गर्नुपथ्र्यो । तेस्रो, निरन्तर मूल्यांकन प्रणाली गर्नुपथ्र्यो । विद्यार्थी कक्षामा प्रवेश गरेपछि ननिस्कँदासम्म उसको मूल्यांकनको रेकर्ड राख्नुपथ्र्यो । यो सबै जोडेर तिम्रो ग्रेड यति आयो भन्नुपथ्र्यो । तर, यी तीनवटै कुरामा सरकारले काम नगरेको हुनाले ग्रेडिङप्रति मान्छेको विश्वास घट्ला कि भन्ने डर छ । तर, ग्रेडिङप्रति शंका गर्नुहुँदैन, ग्रेडिङले मागेका कुरा क्रमशः गर्दै जानुपर्छ ।
करिअर काउन्सिलिङको अभाव

counciling 1

विद्यार्थीले एसईई परीक्षामा आफ्नो साइन्स र म्याथमा राम्रो ग्रेड आएको छ भने बल्ल साइन्स रोज्ने हो । साइन्समा ‘सी’ पनि आएको छैन, अरू भाषामा राम्रो रहेछ भने मानविकीमा छान्नुपर्छ । म्याथ र कम्युटर साइन्समा नम्बर बढी छ र अरूमा कम छ भने व्यवस्थापनमा जानुपर्छ । यो देशमा शिक्षक भएर सेवा गर्न चाहने हो भने शिक्षामा जानुपर्यो । यो निर्णय गर्ने जिम्मेवारी अभिभावक र तिनका सन्तानको हो । तिनले हेर्ने पनि त्यही ग्रेड नै हो । त्यसअघि ९ सम्म केमा दक्ष थियो, अहिले आएरमात्र त्यस्तो भएको हो कि त्यो समेत हेरेर विषय छनोट गर्नुपर्छ । 

संसारभरि भएको हामीकहाँ नभएको भनेको १० वा १२ पास गरिसकेपछि एप्टिच्युड अर्थात् विद्यार्थीको विशेष इच्छा, चाहना, योग्यता भएको क्षेत्र कुन हो भन्ने परीक्षा लिने गरिन्छ । त्यो एप्टिच्युड टेस्ट लिइसकेपछि कुन विद्यार्थीको करिअर केमा बन्न सक्छ भन्ने कुरा थाहा हुन्छ । भोलि डाक्टर, शिक्षक, वकिल, व्यवस्थापक बन्ने भन्ने कुरा त्यसैले छुट्याइदिन्छ । र, त्यो अनुसार हाँगाबिँगामा पठाउने चलन छ । तर, नेपालका कुनै कलेजमा विद्यार्थी जाँदा त्यो कलेजमा उसलाई नमिल्ने, क्षमताले नभ्याउने विषयमा पनि आउनुस् यहीं भर्ना हुनुहोस् भनेर व्यापार गरिरहेका छन् । हाम्रो काउन्सिलिङ भनेको व्यापरिक काउन्सिलिङ भयो । तर, विद्यार्थीलाई करिअर र एकेडेमिक काउन्सिलिङ गर्ने पद्धति यहाँ छैन । अब त्यो विकास गर्नुपर्छ । 
कुराकानीमा आधारित

प्रतिक्रिया

सम्बन्धित सामाग्री