शुक्रबार, १४ वैशाख २०८१

शिवम् सिमेन्ट योजना : २० बोरा शिवम् सिमेन्टको खरीदमा १ बोरा सित्तैमा

समयपोष्ट २०७४ असार १५ गते ५:०८

शिवम् सिमेन्टले २० बोरा सिमेन्टको खरिदमा १ बोरा शिवम् सिमेन्ट सित्तैमा उपलब्ध गराउँने भएको छ । कम्पनीले बिज्ञप्ती जारी गर्दै २० बोरा सिमेन्टको खरिदमा १ बोरा शिवम् सिमेन्ट सित्तैमा उपलब्ध गराउँने जनाएको हो । कम्पनीले समय समयमा आफ्ना ग्राहकहरुको सम्मान गर्दै यस्तो योजना ल्याउँने गरेको छ । 

Advertisement

गत वर्षको दशैं, तिहार र छठ पर्वको अवसरमा पनि सम्पूर्ण ग्राहकहरुलाई चाडपर्वको शुभकामना व्यक्त गर्दै “चाँदी नै चाँदी” नामक योजना स्वरुप सम्मान व्यक्त गरेको थियो ।

सो योजना अन्तर्गत, चाडपर्वको अवसरमा शिवम् सिमेन्टले प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी-गणेश”अकिंत चाँदीको सिक्का उपहार योजना लागू गरेको थियो ।

आफ्नै चुन ढुङ्गा खानीबाट ल्याइएको उच्च कोटीको चुन ढुङ्गा प्रयोग गरी उत्पादन गरिने गुणस्तरीय शिवम् ओपिसि सिमेन्टले छोटो अवधिमै ग्राहक सामु राम्रो लोकप्रियता हासिल गर्न सफल भएको छ ।

नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त शिवम् सिमेन्ट संधै गुणस्तरप्रेमि उपभोगताको मन जित्न प्रयासरत रहने प्रतिबद्धता समेत प्रेस विज्ञप्तिमा व्यक्त गरिएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री