शनिबार, १५ वैशाख २०८१

एसईई परीक्षार्थीलाई एनसेलले आंशिक छात्रवृत्ति प्रदान गर्यो

समयपोष्ट २०७४ असार १५ गते ४:५७

 एनसेलले आफ्नो ‘पहिलो सिम’ योजना अन्तर्गत २०७३ सालको एसईईमा सहभागी परीक्षार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको छ । कम्पनीले एसईईमा सहभागी ४८ परीक्षार्थीलाई माध्यामिक शिक्षाबाट उच्च शिक्षा अध्ययन शुरु गर्नु अगाडि गरिने बि्रज कोर्स अध्ययनका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको हो ।

Advertisement

यस ‘पहिलो सिम’ योजना अन्तर्गत, एनसेलले तयारी कक्षा संचालन गर्ने १६ वटा बि्रज कोर्स इन्स्टिच्युटहरुका ३/३ जना उत्कृष्ट विद्यार्थीहरु गरी हाल सम्म ४८ जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति स्वरुप प्रत्येकलाई रु ५,००० प्रदान गरेको छ । आफ्नो प्रतिबद्धता अनुरुप, एनसेलले योग्यता पुगेका अरु थप विद्यार्थीहरुलाई पनि यो योजना रहुञ्जेल आंशिक छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।

कम्पनीले २०७३ सालका एसईई परीक्षार्थीलाई ध्यानमा राख्दै ‘पहिलो सिम’ योजना अन्र्तगत उत्कृष्ट विद्यार्थी छनौट तथा छात्रवृत्ति प्रदान गर्नका लागि विभिन्न बि्रज कोर्स इन्स्टिच्युटहरुसँग सहकार्य गरेको छ । असार १६ सम्म रहने यो योजना अन्तर्गत, २०७३ सालका एसईई परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्छन् । 

साथै माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री