शनिबार, १५ वैशाख २०८१

कस्तो कलेज र विषय छान्ने ? हिसान अध्यक्ष रमेश सिलवालका सुझाव

समयपोष्ट २०७४ असार १५ गते ३:४६

गोल्डेनगेट इन्टरनेसनल कलेजलाई विश्वविद्यालयमा लैजानका लागि आवश्यक पर्ने योग्यता पूरा गरेका छौं । विश्वविद्यालयका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार पनि हामीसँग छ । नियम कानुनले दिन्छ भने विश्वविद्यालयमा रूपान्तरण गर्न हामी राजी छौं । यसका लागि प्रारूपहरू तयार भैसकेको छ । हामी त्रिभुवन विश्वविद्यालयपछि सबैभन्दा धेरै विद्यार्थी पढाउने सबैभन्दा धेरै फ्याकेल्टी भएको मध्येको आईएसको सर्टिसफाइ वल्र्ड ¥याङकिङमा परेको कलेज हो । हामी गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौं । हामी खाली नियम कानुनलाई मात्र कुरेर बसेका छौं । निजी क्षेत्रबाट पनि विश्वविद्यालय खोल्न राज्यले कानुन ल्याउनेबित्तिकै हामी यसलाई विश्वविद्यालयमा परिवर्तन गर्छौं । 

Advertisement

यसरी छान्नुहोस कलेज र विषय 

कक्षा ११ मा भर्ना हुने विद्यार्थीले सबैभन्दा पहिले आफ्नो क्षमता र रुचिअनुसारको विषय छान्नुहोस् । त्यसपछि कलेज रोज्नुहोस् । कलेज छान्दा पहिले भिजिनरी कलेज छान्नुहोस् । हार्वड विश्वविद्यालयको एउटा रिपोर्टमा भनिएको छ, ‘कुनै पनि शैक्षिक संस्था सफल हुनका निम्ति पचासी प्रतिशत उसको भिजनले काम गर्छ । १५ प्रतिशत उसको कार्यान्वनले काम गर्छ ।’ त्यो कलेज किन खोलेको, केका लागि खोलेको र कसले खोलेको त्यो हेर्नुहोस् । त्यसपछि एजुकेसन फ्याकल्टी हेर्नुहोस्, उसले ज्ञान दिन सक्छ कि सक्दैन, त्यसलाई इनलाइटमेन्ट गर्न सक्छ कि सक्दैन । एउटा सिर्जनशील नागरिक उत्पादन गर्न सक्छ कि सक्दैन । विश्लेषणात्मक छ कि छैन । सुसंस्कृत छ कि छैन । त्यसले उत्पादन गरेका विद्यार्थी अनुशासित र समाजप्रति जिम्मेवार नागरिक भएका छन् कि छैनन् ।

बारम्बार हामीले सुन्ने, पढ्ने गरेका छौं, अहिलेका युवाहरू नेपाल केन्द्रित भएनन् । ठुल्ठूला कलेजले उत्पादन गरेका विद्यार्थी बिदेसिएकाका लागि हो भन्ने गरिन्छ । त्यसका निम्ति एउटा आकर्षण दिन सक्ने, पढ्न सक्ने, पढाउन सक्ने बनाउन सक्नुप¥यो । तिमी आफ्नो योग्यता क्षमता बढाउन जुनसुकै देशमा गए पनि हुन्छ । तर, तिम्रो कर्मथलो नेपाल हो है । यो कारणले तिमी नेपाल आउनुपर्छ भनेर बुझाउन सक्नुपर्छ । यो देशलाई तिम्रो यो कारणले खाँचो छ भनेर कलेजले बुझाउन सक्नुपर्छ ।

विद्यार्थीले कलेज छान्दा भौतिक पूर्वाधार पनि हेर्नुपर्छ । हावा घाम छिर्ने क्लासरुम, ल्याब, लाइब्रेरी, प्ले ग्राउन्ड, स्वस्थकर क्यान्टिन,
सवारी–साधन, होस्टललगायतका सुविधा आवश्यक हुन्छ । विद्यार्थीलाई शारीरिक र मानसिक रूपले चुस्त हुने बनाउनुप¥यो । हामी पढाउँछौं मात्र भन्ने कलेजलाई म गतिलो मान्दिनँ । पढाउनेबाहेक विद्यार्थीको रुचि, क्षमतालाई पनि ध्यान दिनुपर्छ । ऊभित्र भएको प्रतिभालाई मर्न नदिनेखालको कलेज रोज्नुपर्छ । योबाहेक रिजल्ट सबैभन्दा ठूलो कुरो हो । उसको कन्सिस्टटेन्सी र अहिलेसम्मको रिजल्ट के छ । कम्पिटेटिभ एक्जाममा उसको सक्सेस कस्तो छ रु यो कुरालाई यानालाइज ग¥यो भने कलेज छनोटमा समस्या पर्दैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री