बुधबार, २६ वैशाख २०८१

अन्तर्राष्ट्रियस्तरको नमुना शिक्षण पद्धति विकास गरेका छौं :हरिसिंह केसी

समयपोष्ट २०७४ असार १५ गते ३:१८

सहायक क्याम्पस प्रमुख, साउथ वेस्टर्न स्टेट कलेज

Advertisement

नेपालको शैक्षिक क्षेत्रमा आईएसओ ९००१ः२००८ प्रमाणपत्र प्राप्त गरिसकेका कजेल कमै छन् । तीमध्ये साउथ वेस्टर्न स्टेट कलेज पनि एक हो । उच्च व्यवस्थापकीय व्यक्तित्वहरूद्वारा सञ्चालित यो कलेज २०६६ सालमा १३६ जना विद्यार्थीबाट सुरुवात भएको थियो । स्थापनाको सातौं वर्षमै नर्सरीदेखि विद्यावारिधिसम्म हाल ३००० भन्दा बढी विद्यार्थी यो संस्थामा अध्ययन गरिरहेका छन् । कलेजले शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालय, त्रिभुवन विश्वविद्यालयलगायतका संस्थासँग संयुक्त शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजमा परम्परागत किताबी ज्ञानको मात्र भर नपरी इ–लर्निङ, वेबसाइट, इ–लाइब्रेरी र पावरपोइन्ट प्रेजेन्टेसनजस्ता आधुनिक प्रविधिद्वारा शिक्षण सिकाइ कार्य गरिन्छ ।

शिक्षण पद्धति र व्यवस्थापन पद्धतिलाई मजबुत बनाउन अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारीको संयुक्त छलफलद्वारा पठनपाठन गरिने हुँदा कक्षाकोठाको वातावरण अत्यन्त आत्मीयता र हार्दिकताले सुव्यवस्थित भएको छ । विद्यार्थीलाई शैक्षिक भ्रमण, स्थलगत भ्रमण, हाइकिङ, प्रस्तुतीकरण, परियोजना लेखन, समस्या समाधान प्रविधि, परीक्षा पुनरावलोकन, समूहगत छलफल, विचारहरूको आदानप्रदान, गृहकार्य परीक्षणमा विद्यार्थीलाई सक्रिय सहभागी गराइन्छ । व्यावहारिक ज्ञान प्राप्त गरी अन्तर्राष्ट्रियस्तरको शैक्षिक उपलब्धि हासिल गर्न यो कलेज सफल भएको छ । नियमित अध्यापनको अतिरिक्त विद्यार्थीलाई नैतिक शिक्षालाई कसरी अवलम्बन गर्ने, सकारात्मक सोचको विकास कसरी गर्ने, असल नागरिक कसरी बन्ने, व्यक्तित्व विकास कसरी गर्ने, समय व्यवस्थापन कसरी गर्ने, क्षमतावान कसरी बन्ने, परीक्षामा राम्रो परिणाम कसरी निकाल्ने, चुनौतीसँग कसरी लड्ने भन्ने विषयमा लामो अनुभव भएका व्यक्तित्वहरूद्वारा विद्यार्थीको समष्टिगत व्यक्तित्व विकास गर्न र जीवन रोज्ने कला सिकाउन यो कलेज सफल भएको छ । 

कलेजले अनुसन्धानमुखी शिक्षा र सामाजिक उत्तरदायित्वलाई समान तरिकाले अगाडि बढाउन साउथ वेस्टर्न एकेडेमिक रिसर्च सेन्टरको स्थापना गरिएको छ । विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले हरेक महिना साउथ वेस्टर्न न्युज लेटरमा विद्यार्थीलाई सहभागी गराई उनीहरूकै लेख रचना प्रकाशन गरिएको छ भने साउथ वेस्टर्न एजुकेसन हब त्रैमासिक पत्रिकामा राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरूका अनुसन्धानमुलक लेख रचना समावेश गरी प्रकाशन गर्ने गरिएको छ । विद्यार्थीलाई सामाजिक उत्तरदायित्व वहन गर्नका लागि कलेजमातहतमा असहाय, सडक बालबालिका, दुःखी तथा जेहेनदार ६० जना विद्यार्थीलाई निःशुल्क खाना, बस्न र अध्ययन गर्नका लागि व्यवस्था गरिएको छ । 
कलेजबाट दस जोड दुई उत्तीर्ण गरेका विद्यार्थीलाई आईओई, आईओएम, एमओई, बिडिएस, नर्सिङ, भेटनरी डाक्टर, भारतीय राजदूतावासद्वारा वितरण गर्ने विभिन्न प्रकारका छात्रवृत्ति, चार्टर्ड एकाउन्टेन्ट, पत्रकारिताजस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयमा अध्ययनका लागि सशुल्क र छात्रवृत्ति दुवैमा विद्यार्थी उच्च शिक्षा हासिल गर्न सफल भएका छन् । 

अध्ययन अध्यापनलाई प्रभावकारी बनाउनका लागि वस्तुपरक र पाठपरक शिक्षण विधिको अवलम्बन गर्दै आएको छ । यसलाई विस्तार गर्नका लागि कक्षागत रूपमै व्यक्तिगत र सामूहिक परियोजना कार्य गराउने, यसका लागि विभिन्न क्षेत्रको स्थलगत भ्रमण गराई प्रयोगात्मक ज्ञान दिने र त्यसको प्रतिवेदन बनाउन लगाई प्रेजेन्टेसन गराउनेजस्ता अभिमुखीकरण कार्यहरू गराउँदै आएको छ । कलेजबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा शैक्षिक अवलोकन भ्रमण तथा अमेरिका, बेलायत, नर्वे, इजिप्ट, टर्की, भारत, चीनलगायतका देशमा अन्तरदेशीय सांस्कृतिक पराम्परा आदानप्रदान हुँदै आएको छ । परीक्षा प्रणालीलाई चुस्त, दुरुस्त र व्यवहारिक बनाउनका लागि कलेजको आफ्नै व्यवस्थापनमा आन्तरिक परीक्षामा हरेक विषयको वस्तुगत प्रश्नपत्र बनाई विद्यार्थीलाई नियमित अभ्यास गराइँदै आएको छ ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री