बुधबार, १२ वैशाख २०८१

देव विकास बैंकले युनियन फाइनान्सलाई एक्वायर गर्ने,विशेष साधारणसभा असार २९ गते

समयपोष्ट २०७४ असार १४ गते ७:१६

देव विकास बैंकले असार २९ गते विशेष साधारणसभा डाकेको छ । बैंकले युनियन फाइनान्सलाई एक्वायर गर्ने प्रस्ताव अनुमोदन गर्न साधारणसभा डाकेको हो । बैंकले युनियन फाइनान्सलाई ५० प्रतिशत सेयर स्वाप रेसियोमा खरिद गर्ने भएको छ ।

Advertisement

फाइनान्सको १०० कित्ता सेयर हुनेले देव विकास बैंकको ५० कित्ता सेयर पाउनेछन । बैंकले एक्विजिशन पश्चात ४० प्रतिशत हकप्रद बिक्री प्रस्ताव समेत साधारणसभाबाट अनुमोदन गराउँदैछ । हकप्रद बिक्री पश्चात बैंकको पूँजी दुई अर्ब ५० करोड पुग्नेछ । यसअघि देव विकास बैंकले ५० प्रतिशत हकप्रद बिक्री गरेको थियो । 

चुक्ता पूँजी १७ करोड ६५ लाख रुपैयाँ रहेको युनियन फार्इनान्सले पनि असार २९ गते विशेष साधारणसभा डाकेको छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री