बुधबार, १२ वैशाख २०८१

नेप्सेमा आज सूचिकृत भयो दुर्इ बिकास बैंकको सेयर,कुन कुन ?

समयपोष्ट २०७४ असार ११ गते १०:०७

नेप्सेमा आईतबार दुर्इ बिकास बैंकको बोनस तथा हकप्रद सेयर सूचिकृत भएको छ । देवः विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकको ६४ लाख आठ हजार ८८ दशमलव ७० कित्ता बोनस तथा हकप्रद सेयर सूचिकृत भएको हो । 

Advertisement

आईतबार नेप्सेमा देवः विकास बैंकको १२ लाख ३३ हजार ५२३ दशमलव ३१ कित्ता बोनस सेयर र यसअघि जारी गरेको ५० प्रतिशत हकप्रदको ४४ लाख पाँच हजार ४४० दशमलव ३९ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । 

यसैगरी एक्सेल डेभलपमेन्ट बैंकको  आजै  ७ लाख ६९ हजार १२५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । 

सेयर थपिएसँगै नेप्सेमा २० लाख दुई हजार ६४८ दशमलव ३१ कित्ता बोनस सेयर र ४४ लाख पाँच हजार ४४० दशमलव ३९ कित्ता हकप्रद सेयर बजारमा थपिएको छ ।

अबको एक साताभित्र उक्त सूचिकृत सेयर सेयरधनीले कारोबार गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री