शनिबार, ८ वैशाख २०८१

आज रातिदेखि सामाजिक सञ्जालमा समेत चुनाव प्रचार गर्न नपाईने

समयपोष्ट २०७४ असार ११ गते ८:५५

निर्वाचन आयोगले सामाजिक सञ्जालबाट समेत निर्वाचनको प्रचार प्रसार गर्न रोक लगाएको छ ।  

Advertisement

आयोगले बिज्ञप्ती जारी गर्दै दोश्रो चरणको निर्वाचन हुने क्षेत्रहरुमा आइतबार मध्यरातिदेखि मौन अवधि शुरु हुने हुँदा फेसबुक र ट्वीटरबाट प्रचार प्रसार गर्न रोक लगाएको हो । 

मौन अवधि शुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारहरुको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले प्रचार गर्न पाईदैन । 

निर्वाचनको मौन अवधि पालना नगरी निर्वाचन आचारसंहिता विपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचार-प्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेदवार र व्यक्तिहरुमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्मको कारबाही हुने विज्ञप्तीमा उल्लेख छ । 

आयोगले मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी समेत  रोक लगाएको छ । 

असार १४ गते बुधबार १, ५ र ७ प्रदेशका ३५ जिल्लामा निर्वाचन हुँदैछ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री