बुधबार, १२ वैशाख २०८१

लक्ष्मी बैंकको हकप्रदमा नबिकेको सेयर लिलामीमा

समयपोष्ट २०७४ असार ९ गते ७:३४

लक्ष्मी बैंकले हकप्रदमा नबिकेको तीन लाख ९४ हजार ९३९ कित्ता सेयर लिलामी गर्ने भएको छ । बैैंकले ६ देखि २३ सम्म सर्वसाधारण तर्फ हकप्रदमा नबिकेको सेयर लिलामी गर्ने भएको हो । 

Advertisement

बैैंकको सेयर विक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । ईच्छुक लगानीकर्ताले लक्ष्मी क्यापिटल नयाँ बानेश्वरबाट असार २३ गते १ बजेभित्र बोलपत्र पेश गर्न सक्नेछन् । 

बोलपत्र पेश गर्दा न्युनतम एक सय कित्ता र त्यसमाथि १० ले भाग जाने गरि एक सय रुपैयाँ भन्दा बढि मूल्यमा तोकेर बोलकबोल आवेदन दिनुपर्नेछ । प्राप्त शिलबन्दी बोलपत्रहरु असार २५ गते लक्ष्मी बैंकको केन्द्रिय कार्यालय हात्तिसारमा खोलिने बैंकले जनाएको छ । 

लक्ष्मी बैैंकले गत बैशाख ३ देखि जेठ ७ गतेसम्म तीन करोड १५ लाख ९० लाख कित्ता हकप्रद निष्काशन गरको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री