शुक्रबार, १४ वैशाख २०८१

नेपाल आइस हक्की संघका अध्यक्ष ठगीको आरोपमा पक्राउ

समयपोष्ट २०७४ असार ८ गते ९:३७

नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाही ठगीको आरोपमा पक्राउ परेका छन् । १ करोड भन्दा बढी ठगीको आरोपमा बिहीबार दिउँसो महानगरी प्रहरी अपराध नियन्त्रण महाशाखाको टोलीले शाहीलाई पक्राउ गरेको हो ।

Advertisement

उनी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक एवं अखिल नेपाल फुटबल संघ ९एन्फा० का पूर्व महासचिव समेत हुन् । शाहीले  स्पोर्टस फर अल नेपाल नाममा क्यानडा लैजान्छु भन्दै प्रतिब्यक्ति ५ देखि ७ लाखसम्म लिएको उजुरी  प्रहरीमा परेको थियो । 

शाहीविरुद्ध महाशाखामा २५ जनाको उजुरी परेको र १ करोड बढी ठगी भएको देखिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले  जनाएको छ ।  

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री