शुक्रबार, १४ वैशाख २०८१

एनआईसी एशिया बैैंकको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम मिति

समयपोष्ट २०७४ असार ८ गते ६:०३

एनआईसी एशिया बैैंकको लिलामीमा राखिएको सेयरमा आवेदन दिने विहीबार अन्तिम दिन हो । 

Advertisement

बैंकले साधारणतर्फको दुई लाख ९८ हजार पाँच सय ३६ कित्ता नबिकेको हकप्रद सेयर असार १ गतेदेखि बिक्रीमा राखेको थियो । 

लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतम एक लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

 ईच्छुक लगानीर्काले एनआईसी एशिया क्यापिटलको कार्यालय बबरमहलबाट दिउँसो ३ बजेसम्म आवेदन गर्न सक्नेछन् । 

असार ९ गते १:३० बजे क्यापिटलको कार्यालय बबरमहलमा बोलपत्र खुला हुने क्यापिटलले जनाएको छ ।

बैंकले गत चैत १६ देखि बैशाख १९ गतेसम्म विक्री गरेको १५ प्रतिशत हकप्रद विक्री गरेको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री