शुक्रबार, १४ वैशाख २०८१

रोकियो नेशनल हाइड्रोको सेयर कारोबार

समयपोष्ट २०७४ असार ६ गते ७:०१

नेपाल धितोपत्र बोर्डले नेशनल हाइड्रोपावर कम्पनीको सेयर कारोबारमा रोक लगाएको छ । 

Advertisement

बोर्डले हाइड्रो सञ्चालक समितिको आधिकारिकताका सम्बन्धमा आवश्यक अनुसन्धान गर्न भन्दै नेप्सेलाई सेयर कारोबार रोक्का गर्न निर्देशन दिएको हो ।

नेशनल हाईड्रोपावरमा संचालकबीच विवादका विषयमा उजुरी परेका कारण बोर्डले सेयर कारोबार रोक्न निर्देशन दिएको हो । संचालक र कार्यकारी प्रमुखनै यकिन नभएको र त्यसले लगानीकर्तालाई जोखिम हुने भन्दै कारोबार रोक्नुपरेको बोर्डले जनाएको छ । 

नेशनल हाईड्रो संचालक समितिले प्रबन्ध संचालक रामबहादुर तामाङ र संचालक प्रकाश रजौरेलाई सार्वजनिक सूचना मार्फत स्पष्टिकरण सोधेपछि नेशनल हाईड्रोको विबाद फेरि सुरु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री