शुक्रबार, ७ वैशाख २०८१

हिमालयन पावर पार्टनरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

समयपोष्ट २०७४ असार ५ गते ५:५४

हिमालयन पावर पार्टनर लिमिटेडको साधारण सेयरमा आवेदन दिने आज अन्तिम मिति हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित दरमा २१ लाख ३० हजार ८३४ कित्ता सेयर बिक्रीका लागि खुल्ला गरेको छ ।

Advertisement

कम्पनीले कुल सेयरमध्ये ४२ हजार ६१७ कित्ता साधारण सेयर कम्पनीका कर्मचारी र पाँच प्रतिशत बराबरको एक लाख छ हजार ५४२ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ । 

कम्पनीको साधारण सेयरमा ग्लोवल आइएमइ क्यापिटल जमल,हिमालयन पावर पानीपोखरी,काठमाण्डौ क्यापिटल मार्केट काठमाण्डौ प्लाजा, प्रभु क्यापिटल कमलादी, सिविआर्इएल क्यापिटल डिल्लीबजार,रिलायवल क्यापिटल सुनधारा,एनआइसी एसिया क्यापिटल बबरमहल,सानिमा क्यिपिटल नक्साल,एस कयापिटल दरबारमार्ग,सिभिल क्यापिटल सुन्धारा,भिवोर क्यापिटल पुल्चोक र ग्लोबल आएमइ बैंकका शाखा कार्यालयहरु पोखरा, नेपालगञ्ज, विराटनगर, वुटवल, धनगढि, महेन्द्रनगर, विर्तामोड शाखाबाट आवेदन दिन सकिन्छ । 

कम्पनीको  साधारण सेयरमा आस्वा प्रणालीबाट पनि लगानीकर्ताले आवेदन दिनसक्नेछन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री